अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ् कथा प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

फेदेन, १२असार।  लिम्बु भाषा इतिहासलाई संस्थागत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ् कथा प्रतियोगिता २०७८ हुने भएको छ । याक्थुङ् मुन्चइत चोक सयङ्ले कथा संकलन, उत्कृष्ट लिम्बु चलचित्र निर्माण गर्न ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गर्न प्रतियोगिता गर्न लागेको हो ।

संसारभरी छरिएर रहेका भाषा साहित्यमा कलम चलाउनु हुने स्रष्टा, लिम्बु भाषाका कथाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेको सयङ्ले जनाएको छ ।

याक्थुङ मुन्चइत चोक सयङ्ले आयोजना गर्ने उक्त प्रतियोगितालाई आदीवासी जनजाति मातृभाषी प्रवद्र्धन समिति, चलचित्र विकास वोर्डको सहयोगमा हुने सयङ्का अध्यक्ष सुर्यप्रकाश चेम्जोङ्ले बताएका छन् ।

उत्कृष्ट लिम्बू कथाहरुलाई चलचित्र निर्माण गर्नको लागि थप मद्दत पुग्ने उद्देश्यका साथ ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गरेर लिम्बू भाषाका कथा सर्जकहरुलाई थप हौसला प्रदान गर्न यो प्रतियोगिता कोसेढुङ्गा बन्ने महासचिव वनेम विक्रम फागोले बताएका छन् । उनले भने– भाषा बचाउनलाई यस्ता प्रतियोगिताहरु गर्नु नितान्त आवश्यक छ । आउने पिढीहरुलाई समेत भाषा शिक्षण प्रति थप उर्जा मिल्लनेछ ।

कथा लिम्बू, अङ्ग्रेजी वा देवनगरिमा लेखिएता पनि लिम्बू बिषयसँग अनिवार्य जोडिएको हुनेपर्ने सविच दिनेश माङ्मुले बताए । छनौट भएका कथाहरुबाट सयङ्ले लघु या लामो चलचित्र निर्माण गरेर विक्रीवितरण गरेमा कथाकारको नाम राखिने बताइएको छ । यद्यपी सयङ्ले चलचित्र निर्माण गरेर वा दोस्रो कम्पनी अथवा व्यक्तिलाई विक्रीवितरण गरेमा कथाकारले दावी विरोध या उजुर गर्न पाउने छैन भनिएको छ ।

प्रतियोगी मध्येबाट उत्कृष्ट मुन्धुमी कथा पुरस्कार, उत्कृष्ट थिम् कथा पुरस्कार, उत्कृष्ट मिम् कथा पुरस्कार, उत्कृष्ट पर्यावरणीय कथा पुरस्कार र उत्कृष्ट डायस्पोरा कथा पुरस्कार प्रदान गरिने छ । तर, पुरस्कार रकम भने खुलाईएको छैन ।

प्रतियोगितामा सहभागी कथा ४ सय देखि ५ सय शब्दको हुने पर्ने छ भने छनौट भएका कथाहरुको नतिजा यहि असार २७ गते जुम भर्चुअल कार्यक्रमबाट सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...