जिल्ला समन्वय झापाद्वारा तटबन्धन नगर्न निर्देशन

,   लिम्बुवान न्युज
                       

दमक, लिम्बुवानखबर। दमक नगरपालिकाले रतुवा नदीमा एकलौटी रुपमा तटबन्धन गरको भन्द्र जिल्ला समन्वय समितिद्वारा तत्काल तटबन्धन निर्माण नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाले वडा नं. १ स्थित नमूना टोल पूर्वपट्टि रतुवाखोलामा अवैध रुपले तार जाली प्रयोग गरेर तटबन्धन निर्माण गरेका कारणले कमल गाउँपालिका वडा नंं ५ मा प्रत्यक्ष असर पर्न जाने भएको हुँदा तत्कालका लागि तटबन्धन निर्माण कार्य बन्द गर्न कार्यालयले नगरपालिकालाई निर्देशन दिएको हो ।

आगामी दिनमा तटबन्धन निर्माण गर्दा सम्बन्धित पालिकाका जनप्रतिनिधिको सहमतिमा मात्र बाँध निर्माण गर्ने व्यवस्था मिलाउन समेत समन्वय समितिले नगरपालिकालाई आदेश दिएको छ ।

रतुवा खोला दमक र कमलको बिचमा बग्ने भएको हुँदा तटबन्धन निर्माण पूर्व दुई पक्षका जनप्रतिनिधि बसेर समन्वय गर्नु पर्ने स्थानीयहरु बताउँछन् । बर्षामा थप क्षति रोक्नु पर्ने भएको हुँदा तत्काल निकास निकाल्न समेत स्थानीय सरकारसँग लुङधुङ टोलका सचिव पत्रकार डिल्लीश्वर मुहाङ्ले माग गरेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;