अस्तित्व र पहिचान बारे केहि परिभाषाहरु

 लिम्बुवान न्युज
                       

  • कुमार लिङदेन मिराक

(क) दर्शन (Philosophy) बारेः–
दर्शनको अर्थ ‘हेर्नु’ भन्ने हुन्छ । अंग्रेजीमा दर्शनलाई Philosophy भनिन्छ । यो ग्रीक शब्दको Philos र Sophia बाट बनेको हुन्छ । Philos को अर्थ अनुराग, प्रेम र मित्रता हुन्छ र Sophia को अर्थ ज्ञान हुन्छ ।
यसर्थ दर्शन (Philosophy) भनेको ज्ञान, बुद्धि प्रतिको प्रेम हो । वा, अध्यारोमा सयौं किलोमिटर परसम्म देख्न सक्ने टर्च लाईट जस्तै कुनै पनि विषयको बारेमा छ्याङ्ग हुने गरीको गहिरो ज्ञानलाई नै दर्शन भनिन्छ ।

(ख) अस्तित्व र पहिचान (Existence and Identity):–
i. अस्तित्वः– अस्तित्ववादी दार्शनिक किर्के गार्डले एक प्रसिद्ध वाक्य भनेका छन्– “I think therefore I am” म स्वयम सोच्न सक्छु, त्यसैले मेरो अस्तित्व छ । किर्के गार्डको प्रसिद्ध भनाईलाई हाम्रो सन्दर्भमा यसरी भन्न सकिन्छ–’Limbuwan Thinks therefore She is, लिम्बुवानले आफ्नो लागि आफ्नै दिमागले सोच्न सक्दछ त्यसैले उसको अस्तित्व छ ।”

दार्शनिकहरुले मानव उत्पत्तिको बारेमा दुईवटा विचार दिएका छन् ।
१. दैविक सिद्धान्त– दैविक शक्तिले मान्छेको भाग्य, जीवन र मृत्यू भएको भन्छन् भने
२. भौतिकवादी सिद्धान्त– पृथ्वीमा मानिस भौतिक पदार्थ, फोसफोरस, अक्सिजन, हाईड्रोजन जस्ता तत्वहरुबाट बनेको हो भन्छन् पछि कार्ल माक्र्सले परिस्कृत गरेर द्वन्द्वात्मक भौतिकवादी वा माक्सवादी सिद्धान्त पनि भन्छन् ।

तर हामी भनिरहेका छौं अस्तित्ववादी सिद्धान्त हो मान्छे दैविक वा भौतिक शक्ति के बाट बनेको हो त्यो बहस संसारमा चलि नै रहेको छ रहन्छ पनि तर मान्छे जुनसुकै शक्तिबाट बनेता पनि मान्छे भित्र ‘म’ भन्ने अपनत्व गर्छ । मान्छेको म भन्ने अस्तित्व यति शक्तिशाली र विद्रोही हुन्छ कि यदि त्यो म भन्ने अस्तित्वलाई दमन, अपहेलना गरियो भने विद्रोह हुन्छ र विश्व इतिहासमा क्रान्तिको नयाँ कथा लेख्छ ।

ii. पहिचान– पहिचानको शाब्दिक अर्थ यस्तो हुन्छ– The state or fact of remaining the same one, as under varying aspects or conditions. बाहिरी वातावरण वा परिस्थितिहरु परिवर्तन हुँदा पनि स्थायी रहने, परिवर्तन नहुने परिचय चिनारी बुझाई नै पहिचान हो ।

अर्को भाषामा भन्ने हो भने— आधुनिक राज्यहरु (modern state) बन्ने क्रममा यहाँका आदिवासी सांस्कृतिक, इतिहास, सभ्यता, भाषा, जीवन शैली उपर निर्ममता पूर्वक दमन गरियो तर लामो दमनका वावजुद पनि ति उत्पिडित समुदायले आफ्नो अस्तित्व, संस्कृति गुमाएनन् र आफ्नो अस्तित्व रक्षाको लागि निरन्तर आन्दोलन गरि रहे, अस्तित्व रक्षाको त्यो आन्दोलन नै पहिचानको आन्दोलन हो, पहिचानको राजनीति (Identity Politics) हो ।

संघीय संरचना दूई प्रकारले बन्ने गरेका छन्ः
१. Coming together (अलग अलग भएता पनि सम्झौता गरेर सँगैं बस्ने):– अलग अलग राज्यहरु एउटा सम्झौता, सहमति गरेर संघ बनाईसंगै वस्ने प्रक्रियालाई Coming together भनिन्छ । जस्तैः अमेरिका, स्विजरल्याण्ड यस्तो संघीय संरचनामा पर्छन् ।
२. Holding together (छुट्टिएर अलग अलग हुनुभन्दा बरु संघीय संरचनामा गएर सँगै बस्ने):– लामो समय एकात्मक संरचनामा रहेको देशको कुनै भागमा आन्दोलन भएर उक्त भू–भाग देशबाट नै बाहिरिने वा ठूलो विद्रोह, संघर्ष हुने स्थिति भयो भने छुट्टिनु भन्दा सबैको अस्तित्व स्वीकार गरागर गर्ने संघीय संरचना बनाएर बसौं भन्ने प्रक्रियाबाट संघीय शासन बन्नुलाई Holding together भनिन्छ ।
अहिलेको नेपाल यो प्रक्रियाबाट गुज्रिरहेको छ । पहिले नेपाल कम विकसित संघीय राज्य थियो । बिचमा २४० बर्ष एकात्मक राज्य रह्यो, ठूलो द्वन्द्व र विभिन्न चरणको आन्दोलन पछि पुनः संघीय संरचनामा परिणत भएको छ । यो ज्यमिष्लन तयनभतजभच तरिकाबाट संघीय बन्ने प्रक्रिया निकै जटिल छ, त्यहि जटिलताको मौका पारेर एकात्मकवादीहरुले अपूर्ण संघीय राज्यहरु ल्याएका छन् । खास जाति, अस्तित्व र पहिचानहरुलाई ओझेलमा पारेर ल्याइएको राज्यहरुको नाम र सिमाना आफैमा अवैज्ञानिक र असोभनिय अवस्थामा छ । कालन्तरमा फेरि नेपालमा ठूलो क्रान्ति र जनआन्दोलनहरु हुनसक्ने देखिन्छ ।
त्यसैले हामी पहिचानवादी शक्तिहरु निर्विकल्प कुनै स्वार्थ विना सह–अस्तित्व कायम गराउन क्रान्तिको नयाँ शिराबाट अगाडि बढ्नु जरुरी देखिन्छ ।

विश्वका संघीय देशहरु निम्न रहेका छन्ः–
१. अर्जेन्टिना– २३ प्रान्त, १ संघीय जिल्ला, ५ राष्ट्रिय भू–भाग
२. अष्ट्रेलिया– ६ राज्य, १ राजधानी, ७ प्रशासकीय क्षेत्र
३. अष्ट्रिया– ९ राज्य
४. बेल्जियम– ३ प्रान्त, ३ सांस्कृतिक समुदाय क्षेत्र
५. बोस्निया–हर्जगोभिनिया– २ प्रान्त (वोस्निया र हर्जगोभनिया), १ संघीय जिल्ला
६. ब्राजिल– २३ राज्य, १ संघीय जिल्ला
७. क्यानाडा– १० प्रान्त, ३ क्षेत्र
८. कोमोरस– ३ प्रान्त
९. इथियोपिया– ९राज्य, २ महानगर क्षेत्र
१०. जर्मनी– १६ राज्य
११. भारत– २९ राज्य, ७ संघीय क्षेत्र
१२. मलेसिया– १३ राज्य, ३ संघीय जिल्ला
१३. मेक्सिको– ३१ राज्य, १ संघीय जिल्ला
१४. माईक्रोनेसिया– ४ राज्य
१५. नाईजेरिया– ३५ राज्य, १ संघीय जिल्ला
१६. पाकिस्तान– ४ प्रान्त, ६ आदिवासी स्वशासित क्षेत्र, १ राजधानी
१७. रसिया– २१ गणराज्य, ४९ क्षेत्र, ६ प्रशासकिय भू–भाग, १० स्वशासित क्षेत्र, १ यहूदी स्वशासित क्षेत्र, २ राजधानी जिल्ला
१८. सेन्ट किट्स एण्ड नेभिस– २ टापु क्षत्रे
१९. सर्विया–मोन्टेनिग्रो– १ गणराज्य (सर्विया र मोन्टेनिग्रो), सर्वियामा २ स्वशासित क्षेत्र (कोसोभो र मेशमोडिया)
२०. दक्षिण अफ्रिका– ९ प्रान्त(११ भाषालाई सरकारी भाषा मानिन्छ)
२१. स्पेन– १७ स्वशासित क्षेत्र
२२. स्वीट्जरल्याड– २६ क्यान्टोन (४ भाषा सरकारी भाषा मानिन्छ, जर्मन, फ्रेन्च, इटालिन र रोमन)
२३. संयुक्त अरब इमिरेट्स– ७ इमिरेट्स(राज्य)
२४. संयुक्त राज्य अमेरिका– ५० राज्य
२५. भेनेजुएला– २३ राज्य, १ संघीय जिल्ला, १ संघीय सरकार निर्भर क्षेत्र
२६. नेपाल– ७ प्रदेश (केन्द्र शासित, एकात्मक राज्य व्यवस्था अनुसार चलिरहेको छ ।)

अत्यन्तै चातुर्य ढंगबाट एकात्मकवादीहरुको संकुचित ढंगबाट ल्याइएको ७ प्रदेश अवैज्ञानिक, अभौगोलिक लगायत भाषा, संस्कृति कुनै पनि कोणबाट मान्न नसकिने प्रदेशको संरचना ल्याई नेपाली जनताहरुलाई भूमपूर्ण राज्य शासन चलाई रहेका ब्राम्हणवादी सत्ताको विरुद्धमा हामी पहिचानवादीहरु १०+१ प्रान्त निर्माण गर्नु पर्छ भनेर आन्दोलन गरिरहेका छौं । गर्न बाध्य छौं । नेपालको बहुभाषा, बहुसंस्कृति, बहुधार्मिकतालाई अवलम्बन गर्दै जाने हो भने र आज भन्दा २५० बर्ष पहिलाको नेपालको इतिहासलाई नजरअन्दाज गर्दा नेपाल संघीय राज्यकै रुपमा रहेको देखिन्छ । खाली संचालन गर्न मात्रै मेकानिजम नमिलेको देखिन्छ । त्यसैले माथि उल्लेखित २६ देशहरुको २ संघीय संरचना अनुसार Coming together र Holding together ढाँचाबाट बनेका देशहरु हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाे संघीय तथा लिम्बुवान अध्यक्ष हुनुहन्छ

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...