दमकका पुराना एवं अग्रज पत्रकार दाहाल सहित ४ सम्मानित

 लिम्बुवान न्युज
                       

विराटनगर । प्रदेश नं. १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार झापाका दुईसहित चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । राष्ट्रिय पत्रकारिता दिवस २०७८ को अवसरमा झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

दमकका गञ्जबहादुर दाहाल दमकमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएकाछन् । उनि यहाँका सबैभन्दा पुराना पत्रकार पनि हुन् । दाहाल अहिले पनि दमकबाट प्रकाशित पुर्व सन्देश दैनिक र जनज्योती साप्ताहिकका सम्पादक हुन् । पत्रकारितामा उनलाई दमकको पिता नै हुन् । ६० को दशकमा पनि युवा पत्रकारहरुभन्दा क्रियासिल दाहालको जति वर्णन गरेपनि त्यसको कुनै मोल छैन् । दमकमा उनकाे सक्रियताले युवा पत्रकारहरूलाइ थप हाैसला मिलेकाे अनुभूति हुन्छ ।

पुरस्कृत पत्रकारहरू बाँयाबाट क्रमशः ललिता भट्टराइ, गाेविन्द क्षेत्री, गञ्ज बहादुर दाहाल, काैशल चेम्जाेङ्

शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले चारै जना अग्रज पत्रकारलाई जनही एक लाखको पुरस्कार प्रदान गरेका हुन् ।

प्रदेश सरकारले २०७४/०७५ देखि प्रत्येक वर्ष दुई जनाको दरले अग्रज पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । तर, गत वर्ष र यो वर्षको एकमुष्ट गरी चार जनालाई पुरस्कार प्रदान गरिएको हो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...