सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण

 लिम्बुवान न्युज
                       

मेचीनगर, १३ असार । मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

संस्थाले आइतबार मेचीनगर–१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका सामग्री वितरण गरेको हो ।

संस्थाकी अध्यक्ष माया गुरुङले कोभिड १९ को संक्रमणका कारण सुत्केरी र बृद्धा महिलाहरु बढी जोखिममा पर्ने हुँदा उनीहरुलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री वितरण गरेको बताइन् । खयरडाँगीका ४० बढी महिलाहरुले स्वास्थ्य सामग्री पाएका छन् ।

संघीय सांसद राम कार्कीको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगबाट स्वास्थ्य सामग्री पाएपछि स्थानीय ७५ बर्षीय सुष्मा दनुवारले खुशी हुँदै संस्थालाई धन्यवाद दिएकी थिइन् । कार्यक्रममा पत्रकार, स्वास्थ्य स्वयम्सेविका, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...