दमक,१३ असार। आज दमकमा थप १ को मृत्यु हुँदा दमकका कोरोना संक्रमित मृतकको संख्या २९ पुगेको छ । दमकमा अझै ३०३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
दममा चैत्र २५ यता देखि देखा परेको कोरोनाको दोश्रो भेरियन्टबाट संक्रमितहरु मध्ये १ हजार ५ सय ३२ जना संक्रमण मुक्त भइसकेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले संक्रमितहरुको संख्या यस अघि घट्दो दरमा रहेको भएपनि २/३ दिनयता बढिरहेको बताए । उनका अनुसार दोश्रो भेरियन्ट शुरु भएयता दमक अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना हुने संक्रमितको संख्या समेत दुई ÷तीन दिनयता ह्वात्तै बढेको छ ।
३० बेड क्षमताको सो केन्द्रमा आज (आइतबार) अपरान्ह सम्ममा २५ जना उपचाररत रहेका छन् । अस्ति १०/११ जना संक्रमित मात्रै कोभिड उपचार केन्द्रमा हुन्थ्यो आज २५ जना पुगेको छ, यसले पनि दमकमा कोरोना संक्रमितहरुको संख्या र प्रभाव दुबै बढेको पुष्टि गर्छ– भट्टराईले भने ।
आज मृत्यु हेनमा महिला
यसैबीच केही दिनयता दमकमा संक्रमितको मृत्यु हुने क्रम रोकिएकोमा आज (आइतबार) थप एक जना संक्रमित महिलाको ज्यान गएको छ । दमकको आम्दा अस्पतालमा उपचाररत दमक ९ की ६१ बर्षिया महिलाको मृत्यु भएको हो । सो संगै दमकमा दोश्रो भेरियन्टबाट संक्रमित मृतकको संख्या २९ पुगेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।