दमकमा सक्रिय संक्रमित ३०३ पुग्यो, थप एक संक्रमितको मृत्यु अझै नियन्त्रण बाहिर कोराना

 लिम्बुवान न्युज
                       

दमक,१३ असार। आज दमकमा थप १ को मृत्यु हुँदा दमकका कोरोना संक्रमित मृतकको संख्या २९ पुगेको छ । दमकमा अझै ३०३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

दममा चैत्र २५ यता देखि देखा परेको कोरोनाको दोश्रो भेरियन्टबाट संक्रमितहरु मध्ये १ हजार ५ सय ३२ जना संक्रमण मुक्त भइसकेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले संक्रमितहरुको संख्या यस अघि घट्दो दरमा रहेको भएपनि २/३ दिनयता बढिरहेको बताए । उनका अनुसार दोश्रो भेरियन्ट शुरु भएयता दमक अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना हुने संक्रमितको संख्या समेत दुई ÷तीन दिनयता ह्वात्तै बढेको छ ।

३० बेड क्षमताको सो केन्द्रमा आज (आइतबार) अपरान्ह सम्ममा २५ जना उपचाररत रहेका छन् । अस्ति १०/११ जना संक्रमित मात्रै कोभिड उपचार केन्द्रमा हुन्थ्यो आज २५ जना पुगेको छ, यसले पनि दमकमा कोरोना संक्रमितहरुको संख्या र प्रभाव दुबै बढेको पुष्टि गर्छ– भट्टराईले भने ।

आज मृत्यु हेनमा महिला

यसैबीच केही दिनयता दमकमा संक्रमितको मृत्यु हुने क्रम रोकिएकोमा आज (आइतबार) थप एक जना संक्रमित महिलाको ज्यान गएको छ । दमकको आम्दा अस्पतालमा उपचाररत दमक ९ की ६१ बर्षिया महिलाको मृत्यु भएको हो । सो संगै दमकमा दोश्रो भेरियन्टबाट संक्रमित मृतकको संख्या २९ पुगेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...