दमक, १३ असार । दमक ८ स्थित गणतन्त्र चोक दक्षिण मिलन मार्गको पक्की ढल सहित सडक कालो पत्रे गर्ने काम सकिएको छ ।
वडा नं. ८ को मिलन मार्ग देखि दक्षिण कस्मिक पार्टी प्यालेस सम्म, पश्चिममा बिकास मार्ग र पूर्वमा नारायण पराजुलीको घर छेउको सिमानासम्मको बाटो पूर्वाञ्चल कन्ट्रक्सन भद्रपुरको निर्माणमा कालो पत्रे गर्ने काम सकिएको हो ।
संघीय सरकारको शहरी बिकास कार्यालयको बजेटबाट कुल ५सय मिटर लम्वाइको सडक कालो पत्रे गरेको कन्ट्रक्सनका इन्जीनियर प्रकास कुमार सिंहले बताए । मिलन मार्गको सडक भ्याट वाहेक २६ लाख ३७ हजार ९ सय ८९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
यो सडकको आयु ४ देखि ६ वर्ष हुने निर्माण ब्यवसायीहरु बताउछन् । प्रत्येक ३ वर्षमा यस सडकको अवधिक मर्मत सम्भार गरियो भने धेरै वर्ष सडकको कालो पत्रेको आयु बढने निर्माण ब्यवसायी बल बहादुर लिम्वूले बताउनु भयो । यसको लागि टोलबासी उपभोक्ता सजक र सचेत हुनु पर्ने लिम्बूको भनाई छ ।
बजेटको ब्यवस्थामा सहयोग गर्नुहुने प्रधानमन्त्रीको सचिवालय सदस्य होम बहादुर थापा, निर्माण कार्यमा अहोरात्र खटने शहरी बिकासका इन्जीनियर, प्राविधिक टोली, निर्माण उपभोक्ता समितिका पदाधिकारी टोल विकास संस्था लगायतको सहयोगमा सडक कालो पत्रे भएको मिलनमार्ग निर्माण उपभोक्ता समिति दमक ८ का अध्यक्ष हरि प्रसाद चापागाईले जनाएका छन् ।