एनआरएनए जेजु क्षेत्रिय अध्यक्षमा हाङस्रोङ

 लिम्बुवान न्युज
                       

दक्षिण कोरिया। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए जेजु दो दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । उक्त क्षेत्रीय अधिवेशनले सुमन हाङस्रोङको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति सर्वसहमति चयन भएको छ ।

नेपालको विकास र प्रवर्द्धनमा टेवा पुरयाउन, विश्वका विभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैर आवासीय नेपालीहरुको हितको पक्षपोषण गर्न संगठित रुपले अघि बढ्नका लागि सन् २०१९ मा क्षेत्रिय कमिटी गठन भएको थियो ।

कार्यक्रमको सभाध्यक्ष कोमल प्रसाद प्याकुरेलले गरेका थिए भने प्रमुख अथिती एनआरएनए केन्द्रीय महिला संयोजक सुभद्रा पालुङवा लिम्बू रहेका थिए । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ जेजु शाखा प्रतिनिधि बिकास खेवा लिम्बू, जेजु कमिटी प्रतिनिधि अनिता रुम्बा, उपाध्यक्षहरु प्रकास पोखरेल र अर्जुन तुम्बापोले शुभकामना मन्तव्य राखेका थिए । त्यसै गरी केन्द्रीय अध्यक्ष यज्ञराज सुवेदी र महासचिव बिमल सुवेदीले भर्चुअलको माध्यमबाट अधिवेशनको शुभकामना ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रमले अध्यक्ष हाङस्रोङसँगै उपाध्यक्ष बसन्ती लावती, सुनिता ब्लोन तामाङ, सुमन हेम्ब्या त्यसैगरी सचिवमा कृष्ण प्र न्योपाने, सह–सचिव घनश्याम अधिकारी, कोषाध्यक्ष गोकुल शर्मा, त्यसैगरी सदस्यहरुमा विनुका नाल्बो लिम्बू, खगेन्द्र मोक्तान, सुरेन्द्र ठकुरी, सुदर्शन तुम्ब्रोक लिम्बू, सुरक्षा शर्मा, गंगा राजवंशी, हेमराज भट्ट र रुपक गुरुङ रहेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...