जोगवनी–किमाथाङका मार्ग ७६ फिट कायम गर्न मञ्चद्वारा ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध संघीय लिम्बुवान मञ्च नेपालले जोगवनी–किमाथाङका ६ लेन मार्गको मापदण्ड ७६ फिट कायम गर्न माग गरेको छ । आइतबार मञ्चले धरान उपमहानगर प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाउँदै ७६ फिट हुनुपर्ने माग गरेको हो ।

मञ्चका सुनसरी अध्यक्ष अमर इजम लिम्बू र धरान उपमहानगरपालिकाका नगरअध्यक्ष सञ्जुहाङ साम्बाद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा मापदण्डको विषयमा धरानका राजनीतिक दलहरूको आ–आफ्नो पार्टीको चुनावी एजेण्डा बनाउँदै बखेडा झिकी पार्टीको अवधारणाको रूपमा अवैज्ञानिक ढङ्गले प्रस्तावित गर्दै आएको उल्लेख छ ।

गतवर्षकै नीति तथा कार्यक्रममा ८० फिट कायम गर्ने निर्णय पारित भए पनि राजनीतिक दलको विवादका कारण कार्यान्वयन नभएको ज्ञापन–पत्रमा उल्लेख गरेको छ ।

ज्ञापन–पत्रमा नेकपा (एमाले) ले ८० फिटको मापदण्ड र नेपाली कांग्रेसले ७२ फिटको मापदण्डको प्रस्ताव गरेको भन्दै मञ्चले ७६ फिटको कायम गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

८० र ७२ फिटको खिचातानीले समयमा सडक निर्माण कार्य सम्पन्न हुन नसक्ने भन्दै पार्टीको अन्तरद्वन्द्वले विकास परियोजनाहरू अवरुद्ध नगर्न पनि ध्यानकर्षण गरेको छ । स्थानीय सरकारले आफ्नो प्रक्रिया सुरु गरी सडक विभागसँग समन्वय गरी ७६ फिट कायम गरे सर्वस्वीकार्य हुने मञ्चको जिकीर छ ।

राजमार्ग किनाराका नागरिकको निजी सम्पत्ति भोगचलन गर्ने पूर्ण अधिकारमाथि स्थानीय सरकारले रोक लगाउन नमिल्ने पनि ज्ञापन–पत्रमा उल्लेख गरेको छ ।

ज्ञापनपत्र हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...