जोगवनी–किमाथाङका मार्ग ७६ फिट कायम गर्न मञ्चद्वारा ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध संघीय लिम्बुवान मञ्च नेपालले जोगवनी–किमाथाङका ६ लेन मार्गको मापदण्ड ७६ फिट कायम गर्न माग गरेको छ । आइतबार मञ्चले धरान उपमहानगर प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाउँदै ७६ फिट हुनुपर्ने माग गरेको हो ।

मञ्चका सुनसरी अध्यक्ष अमर इजम लिम्बू र धरान उपमहानगरपालिकाका नगरअध्यक्ष सञ्जुहाङ साम्बाद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा मापदण्डको विषयमा धरानका राजनीतिक दलहरूको आ–आफ्नो पार्टीको चुनावी एजेण्डा बनाउँदै बखेडा झिकी पार्टीको अवधारणाको रूपमा अवैज्ञानिक ढङ्गले प्रस्तावित गर्दै आएको उल्लेख छ ।

गतवर्षकै नीति तथा कार्यक्रममा ८० फिट कायम गर्ने निर्णय पारित भए पनि राजनीतिक दलको विवादका कारण कार्यान्वयन नभएको ज्ञापन–पत्रमा उल्लेख गरेको छ ।

ज्ञापन–पत्रमा नेकपा (एमाले) ले ८० फिटको मापदण्ड र नेपाली कांग्रेसले ७२ फिटको मापदण्डको प्रस्ताव गरेको भन्दै मञ्चले ७६ फिटको कायम गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

८० र ७२ फिटको खिचातानीले समयमा सडक निर्माण कार्य सम्पन्न हुन नसक्ने भन्दै पार्टीको अन्तरद्वन्द्वले विकास परियोजनाहरू अवरुद्ध नगर्न पनि ध्यानकर्षण गरेको छ । स्थानीय सरकारले आफ्नो प्रक्रिया सुरु गरी सडक विभागसँग समन्वय गरी ७६ फिट कायम गरे सर्वस्वीकार्य हुने मञ्चको जिकीर छ ।

राजमार्ग किनाराका नागरिकको निजी सम्पत्ति भोगचलन गर्ने पूर्ण अधिकारमाथि स्थानीय सरकारले रोक लगाउन नमिल्ने पनि ज्ञापन–पत्रमा उल्लेख गरेको छ ।

ज्ञापनपत्र हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...