राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जना कारागार चलान

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १७असार। सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

ती युवाहरूले राउटे समुदाय दुई युवतीलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसलगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनाविरुद्ध मानव ओसारपसार, यौन दुव्र्यवहार गरेको र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;