रहेनन् झापाको साहित्यिक धरोहर तेराख

 लिम्बुवान न्युज
                       

दमक, १६ असार। झापाका प्रगतिशील साहित्यका एक नक्षत्र तेजराज खतिवडा (तेराख) को ७८ वर्षको उमेरमा उपचारका क्रममा बुधबार दिउँसो निधन भएको छ । बुधबार बिराट नर्सिङ होम बिराटनगरमा उपचार गराइरहेका उनको दिउँसो साढे १ बजे निधन भएको हो ।

श्वासप्रश्वास तथा ढाँडको समस्या भएपछि उनलाई तीन दिन अघि बिराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो । नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित तेराखको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो । उनका काव्य–कविता प्रिया (खण्डकाव्य, प्रिय शान्तिनगर (खण्डकाव्य), अलपत्रेका फुलहरु (कविता संग्रह), पश्चिमी हवा प्रकाशित छन् ।

त्यस्तै, कथासंग्रह सिमीको बोट, मेको प्रेम, निबन्धमा ढाडेका नाकमा घिऊ, म आगो र पानीहरु, नाटकमा अझै यहाँ उस्तै छ, टेस्टट्यूब बेबी, उपन्यासमा रातको बार बजे, सर्वजा, अवस्थल, वाङ्मयमा महिलाहरुमा झापालीको सन्देश, गोल चिन्तन (विज्ञान दर्शन), खोजमा महानन्द दर्पण (भाषाशास्त्री महानन्दको परिचय), मय विधाको प्रस्तावना प्रकाशित कृति हुन् ।

२००१ सालमा झापाको शान्तिनगरमा जन्मिएका उनका दर्जन बढी कृति चर्चित छन् । साहित्य नै सबथोक ठान्ने खतिवडा अनवरत् रुपमा विभिन्न विधामा कलम चलाउँदै आएका थिए । धुलाबारी निवासी उनको निधनले झापाली साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली दिनेक्रम जारी रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...