कियाचु बुसान शाखाको अध्यक्षमा संजोक कन्दङवा

 लिम्बुवान न्युज
                       


दमक, २२ जेठ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाको अध्यक्षमा संजोक कन्दङ्वा सर्वसम्मत चयन भएका छन् ।
आइतवार सम्पन्न साखाको चौथो अधिबेशनबाट कन्दङ्वाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका हुन् ।
बरिष्ठ उपाध्यक्षमा सबिन लिङिखम, उपाध्यक्षहरुमा दिवश वनेम, रोशन फियाक र प्रताप चन्द्र इदिङ्गो, सचिवमा चन्द्र लिम्बू र सह–सचीव गोपाल लिम्बू, कोषाध्यक्षमा श्री चेम्जोङ र सह कोषाध्यक्षमा सानू कन्दङ्वा चयन भएका छन् ।
सदस्यहरुमा विवेक निङ्लेखु, इन्द्र लिम्बू, राज नेम्बाङ, किरण लिम्बू, सन्तोष योङ्हाङ, दिलिप खापुङ, अदृश्य कन्दङ्वा, नाम्बिन लिम्बू, सुमन साम्सोहाङ र शुक्रराज कन्दङ्वा चयन भएका छन् ।
चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विभिन्न जातिय एवम् क्षेत्रीय संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...