बाह्रबिसे बजारमा सात दिने केलाङ प्रशिक्षण चल्दै

 लिम्बुवान न्युज
                       


संखुवासभा , २४ जेठ । किरात याक्थुङ चुम्लुङ, सभापोखरीको आयोजनामा यहीँ जेठ २० गतेदेखि २५ गतेसम्म ‘केलाङ प्रशिक्षण तालिम–२०७९’ बाह्रबिसे बजारमा सञ्चालन भइरहेको छ ।

लिम्बू जातिको विशिष्ट सांस्कृतिक नृत्य केलाङ जसलाई खस भाषामा च्याब्रुङ नाच भन्ने गरिन्छ, यस नृत्यको संरक्षणका लागि कियाचु, सभापोखरीले आफ्नो गाउँपालिकाका ६० भन्दा धेरै लिम्बू युवायुवतीहरुलाई एक दिनमा तिन चरणबाट प्रशिक्षण दिइरहेको छ ।

लिम्बू आख्यान अनुसार धान नाचको उत्पत्ति आदिम कृषि युगमा पाकेको धानलाई चराबाट जोगाउन तथा परालबाट धान छुट्याउनका लागि खलामा नाचिने सामूहिक नाचको विशिष्ट स्वरुप नै आजको धान नाच हो भनिन्छ । केलाङ नृत्यमा नृत्य, वादन र गायन समेत गरिन्छ । यस प्रशिक्षणबाट आधुनिक समयका लिम्बू युवाहरूलाइ आफ्नो संस्कृति जोगाउन सहयोग मिल्ने अपेक्षा राखेको कियाचु अध्यक्ष मदन सेरेङ मादेनले बताए ।

संखुवासभाको यस क्षेत्रमा आवाद सेरेङ मादेन, हाङगाम, सावाँ र स्थानीय वनेमहरु केलाङ प्रशिक्षणमा उत्साहित भएर भाग लिइरहेको मुख्य प्रशिक्षकको रुपमा कियाचु केन्द्रीय सचिव तथा वरिष्ठ गायक÷कलाकार यासेली योङहाङले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...