आन्छुमेको शब्द रहेको लिम्बु गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, २७ जेठ । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ ।
गायक एकान्त आङदेम्बे लिम्बू र गायीका सुनिता लावती लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘हौ फोवामे’ को भिडियो गायीका सुनिता लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।


कोरियोग्रफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा इसिका जबेगु लिम्बू र आशिस लिम्बूद्वारा अभिनित भिडियोमा छायाँकन मुकेश हुमागाईले गरेका छन् ।
छाडेर गएकी श्रीमतीको यादमा टोलाएर बसेको एक युवकको प्रेम कथालाई प्रस्तुत गरिएको भिडियोमा कविता तोलाङगीको मेकअप, मु्स्कान ओली, सिरिस खड्का र नविन तोलाङगीको लाईट र अनिल रानाको सम्पादन रहेको छ ।
पदम रजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
भिडियो हेर्नुहोस‘

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...