जनसराेकारकाे माग गर्दै दमक नगरमा कांग्रेसकाे ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

दमक/ नेपाली कांग्रेसले जनसरोकारका विभिन्न मागहरु समेटेर दमक नगरपालिकालाई दुई बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दमक कांग्रेसको अगुवाईमा नगर ,क्षेत्र र प्रदेश कार्यसमितिसहितको पदाधिकारी तथा सदस्यहरु सम्मलित टोलीले नगरपालिका पुगेर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाइएको कांग्रेस दमकका कार्यवहाक सभापति युवराज खनालले जानकारी दिए ।
नगरपालिकामा बुझाइएको ध्यानाकर्षणमा केहिदिन अघि मात्र नगरपालिकाले सवारी साधनहरुको बार्षिक पूर्वाधार सेवा उपयोग कर बुझाउन भनी सूचना निकालेको विषय प्रति आपत्ति जनाएको उल्लेख छ । कुनै पनि बहानामा सवारी साधनमा लगाईने अतिरिक्त कर त्तत्काल खारेज गर्न भनी ध्यानाकर्षण गरिएको पार्टीद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
यसैगरि , नगरपालिकाले हालै मात्र निकालेको सूचना अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको २०७९ जेठ ३ गतेको पत्र र जिल्ला शिक्षा तथा समन्वय इकाइ झापाको गत जेठ १९ गतेको पत्रमा दमक भित्रका विद्यालयमा विद्यालय व्यवस्थापन समिति गर्नुभनी प्रेसित पत्रहरुका सम्बन्धमा कांग्रेसको गंभीर ध्यानाकर्षण भएको उल्लेख छ ।

दमक नगरपालिकाले प्रकाशित गरेको भनिएको दमक नगर आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ सम्बन्धमा कांग्रेस असहमति व्यक्त गरिआएको व्यहोरा अवगत गराउदै हालको अवस्थामा विद्यमान रहेको संघीय शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ नै लागू भईरहेको अवस्थामा सम्पूर्ण सरोकारवाला पक्षहरुले अपनत्व स्वीकार नगरेको अवस्था तथा दमक नगर आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ को परिच्छेद १० दफा ६२ अनुसार विद्यालय व्यवस्थापन गठन गर्नु भनी गरेको परिपत्र त्तत्काल कार्यान्वयन नगर्न समेत ध्यानाकर्षण पत्रमा जनाईएको छ ।
कांग्रेसले आफना मागको कुनै सुनुवाई नगरि एकपक्षीय ढंगले अघि बढ्न खोजे थप चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिईएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...