जनसराेकारकाे माग गर्दै दमक नगरमा कांग्रेसकाे ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

दमक/ नेपाली कांग्रेसले जनसरोकारका विभिन्न मागहरु समेटेर दमक नगरपालिकालाई दुई बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दमक कांग्रेसको अगुवाईमा नगर ,क्षेत्र र प्रदेश कार्यसमितिसहितको पदाधिकारी तथा सदस्यहरु सम्मलित टोलीले नगरपालिका पुगेर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाइएको कांग्रेस दमकका कार्यवहाक सभापति युवराज खनालले जानकारी दिए ।
नगरपालिकामा बुझाइएको ध्यानाकर्षणमा केहिदिन अघि मात्र नगरपालिकाले सवारी साधनहरुको बार्षिक पूर्वाधार सेवा उपयोग कर बुझाउन भनी सूचना निकालेको विषय प्रति आपत्ति जनाएको उल्लेख छ । कुनै पनि बहानामा सवारी साधनमा लगाईने अतिरिक्त कर त्तत्काल खारेज गर्न भनी ध्यानाकर्षण गरिएको पार्टीद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
यसैगरि , नगरपालिकाले हालै मात्र निकालेको सूचना अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको २०७९ जेठ ३ गतेको पत्र र जिल्ला शिक्षा तथा समन्वय इकाइ झापाको गत जेठ १९ गतेको पत्रमा दमक भित्रका विद्यालयमा विद्यालय व्यवस्थापन समिति गर्नुभनी प्रेसित पत्रहरुका सम्बन्धमा कांग्रेसको गंभीर ध्यानाकर्षण भएको उल्लेख छ ।

दमक नगरपालिकाले प्रकाशित गरेको भनिएको दमक नगर आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ सम्बन्धमा कांग्रेस असहमति व्यक्त गरिआएको व्यहोरा अवगत गराउदै हालको अवस्थामा विद्यमान रहेको संघीय शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ नै लागू भईरहेको अवस्थामा सम्पूर्ण सरोकारवाला पक्षहरुले अपनत्व स्वीकार नगरेको अवस्था तथा दमक नगर आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ को परिच्छेद १० दफा ६२ अनुसार विद्यालय व्यवस्थापन गठन गर्नु भनी गरेको परिपत्र त्तत्काल कार्यान्वयन नगर्न समेत ध्यानाकर्षण पत्रमा जनाईएको छ ।
कांग्रेसले आफना मागको कुनै सुनुवाई नगरि एकपक्षीय ढंगले अघि बढ्न खोजे थप चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिईएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...