कियाचु झापाद्वारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान

 लिम्बुवान न्युज
                       

दमक, २९ जेठ । स्थानीय तहको निर्वाचन–२०७९ मा निर्वाचित लिम्बू÷याक्थुङ् जनप्रतिनिधिहरुलाई झापाको दुधेस्थित भू.पू. सैनिक सभाहलमा शनिवार सम्मान गरिएको छ । सो कार्यक्रममा एक नगर प्रमुख, एक गाउँपालिका अध्यक्ष, १६ वडा अध्यक्ष, २९ वडा सदस्य गरी ४७ जना जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाको आयोजनामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ् संघीय उप–महासचिव डा. योगेन्द्र पालुङ्वाले शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख श्री मेघाहाङ् थोप्रा (रोशन), हल्दिवारी गाउँ पालिकाका गाउँ पालिका अध्यक्ष श्री रविन्द्र लिङ्देन लगायत १६ वडा अध्यक्ष र २९ वडा सदस्यहरुलाई सम्मान–पत्र प्रदान गर्नुहुँदै सम्मान गर्नुभएको हो ।


नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्नुहुँदै प्रमुख अतिथि डा. पालुङ्वाले जनताको विश्वास जितेर स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुहुने लिम्बू/याक्थुङ् जनप्रतिनिधिहरुले लिम्बू÷याक्थुङ समुदायको हित हुने पक्षमा काम गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तह अहिले एक प्रकारको गर्न सक्ने नीति नियम बनाई लागु गर्दा स्थानीय ठाउँ र जनताको हितको काम गर्न सक्ने सर्व शक्ति सम्पन्न ठाउँ भएकोले तिनै नीतिमा विशेष गरेर आदिवासी लिम्बू/याक्थुङ् समुदायको हित हुने कुराहरुप्रति विशेष ध्यान दिन आग्रह गर्नुहुँदै किरात याक्थुङ् चुम्लुङ्को हरेक गतिविधिसँग नजिक रहेर साक्षात्कार र लिम्बू/याक्थुङ् एकताबद्ध भएर हरेक कार्यमा सशक्त भएर अघि बढ्न विधानगत सदस्य बन्नुभई सधै अग्रसर भएर काम गर्न पनि आग्रह गर्नुभयो । जुनसुकै सिद्धान्त, दलगत, विचारमा आबद्ध भई स्थानीय तहमा नेतृत्व गर्न पुग्नुभएतापनि आफ्नो वंश र समुदायको हितार्थ काम गर्नुनै पहिलो धर्म सम्झनु पर्ने कुरा दोहोर्याउनुहुँदै लिम्बू“याक्थुङकाे साझा संस्था किरात याक्थुङ् चुम्लुङ्ले सिङ्गै लिम्बू/याक्थुङ् समुदायको निमित्त वर्षौंदेखि उठाउदैै आएका सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक, सहित्यिक, शैक्षिक, अर्थिक, राजनैतिक, स्वास्थ्य लगायतका मुद्धाहरुलाई स्थानीय तहको नेतृत्वले समभ्व भएसम्म सम्वोधन गरिदिन हुन समेत सम्मानित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।


विशिष्ठ अतिथि कियाचु संघीय सल्लाहकार तथा कियाचु पूर्व केन्द्रीय सदस्य तुम्याहाङ् जितबहादुर लावतीले झापा जिल्लाका विभिन्न नगर र गाउँपालिकाका नगर प्रमुख, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष्य र वडा सदस्यहरु स्थानीय तहमा एमाले, काँग्रेस, माओवदी, रा.प्र.पा. जसपा लगायतका विभिन्न दलबाट प्रतिनिध्तिव गर्दै निर्वाचित हुनुभएता पनि लिम्बू÷याक्थुङ् समुदायको क्षेत्रमा एक मन, एक विचार भएर काम गर्न हुन आग्रह गर्नुभयो । उहाँले स्थानीय तहबाट हुन सक्ने धर्म, भाषा, साहित्य, कला, संस्कार, संस्कृतिको संरक्षण संबद्र्धनमा स्रोत साधन बाँडफाँड गरे्र काम गर्नहुन समेत अनुरोध गर्नुहुँदै प्रदेश न. १ को नामाङ्करणको सन्दर्भमा लिम्बुवान–किरात भन्ने नाममा जनमत जुटाएर अघि बढ्न सके प्रदेश न. १ को नामाङकरण बेलैमा किनारा लाग्ने कुरामा समेत आवाज उठाइदिन विशेष जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो ।
शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख श्री मेघाहाङ् थोप्रा (रोशन)ले धन्यवाद मन्तव्य राख्नुहुँदै लिम्बू/याक्थुङ् समुदायको निमित्त गर्न सकिने कामहरु नगरप्रमुखको हैसियतले गर्ने, गराउने प्रतिवद्धता जनाउनुहुँदै भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण संबद्र्धनमा विशेष योगदान पुग्ने खालका कार्यक्रमहरु नगरमा तर्जुमा गर्ने कुरामा जोड दिनुहुँदै स्थानीय स्रोत साधनले भ्याएसम्मको काम गर्दै जाने बताउनुभएको छ । मन्तव्यकै क्रममा उहाँले जुनसुकै दल, सिद्धान्त र पाटीबाट स्थानीय सत्तामा पुगेता पनि जनताको सेवक भएर काम गर्ने बताउनुहुँदै लिम्बू/याक्थुङ् समुदायको हक, हित र संबक्षण, संबद्र्धनमा काम गर्ने किरात याक्थुङ् चुम्लुङमा गोलबन्द भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा किरात याक्थुङ् चुम्लुङका संघीय सदस्य श्री अमृत योङ्हाङ, राष्ट्रिय चुम्लुुङ् सदस्य श्री जनबहादुर जवेगु, विर्तामोड नगरपालिका वडा न. ६ का वडा अध्यक्ष श्री सूर्यप्रसाद कन्दङ्वा, शिवसताक्षी नगरपालिका वडा न. १ का वडा अध्यक्ष श्री लक्ष्मी चेम्जोङ, शिवसताक्षी नगरपालिकावडा न. ७ का वडा अध्यक्ष श्री भुवानी विक्रम चेम्जोङ्, शिवसताक्षी नगरपालिका वडा न. ९ का वडा अध्यक्ष श्री डिल्लीलाल फेम्बु, शिवसताक्षी नगरपालिका वडा न. ११ का वडा अध्यक्ष श्री बहादुर आङ्बो, बाह्रदशी गाउँपालिका वडा न. ६, का वडा अध्यक्ष श्री रत्न प्रकाश योङ्हाङ्, कमल गाउँपालिका वडा न. २ का वडा अध्यक्ष श्री अशोक आङ्देम्बे, कियाचु लिम्बुवान कार्य समिति सचिव श्री इक्साहाङ् चेम्जोङ्, मेचीनगर वडा न. ७ की वडा सदस्य तथा कियाचु मेचीनगर नगर शाखाकी कोषाध्यक्ष श्री मिनमाया लिम्बू सुब्बा लगायतले शुभकामना तथा धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाका अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा कियाचु झापा शाखाका उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य राख्नुभएको थियो कियाचु जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान व्यक्त गरिएका जननिर्वाचित लिम्बू÷याक्थुङ जनप्रतिनिधहरूको नामावली यसप्रकार रहेको छ ।
स्थानीय तह निर्वाचन–२०७९ मा झापा जिल्लाका विभिन्न तहमा निर्वाचित लिम्बू/याक्थुङ नगर प्रमुख, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुहरुलाई किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाको तर्फबाट मिति २०७९ साल जेठ २८ गते शनिवारका दिन एक कार्यक्रमकबिच कार्यक्रका प्रमुख अतिथि कियाचु संघीय उप–महासचिव डा. योगेन्द्र पालुङ्वाज्यूको हस्तबाहुलीबाट सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...