प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर संवाददाता । प्रदेश १ सरकारका प्रमुख पर्शुराम खापुङबाट पेस भएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो ।
प्रदेश सभामुख प्रदीप कुमार भण्डारीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका थिए । बैठकमा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।
नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिकमत कुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लिलाबल्व अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । प्रस्तावहरु बहुमतले अस्वीकृत भएपनि सांसदहरूले ती प्रस्तावहरु फिर्ता लिएनन् ।
यस्तै, असार १ गते बजेट पेस हुने बैठकमा २ बजे प्रदेशसभा बैठकमा उपस्थित हुन सांसदहरुलाई सभामुखले अनुरोध गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्व मुख्यमन्त्रीद्धय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए । छलफलमा उठेको जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक–फरक भए पनि प्रदेश १को विकासमा सबैदल एकताबद्ध भएर अघि बढ्न आग्रह गरे थिए ।
मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम अनुसार नै बजेट आउने प्रष्ट पार्दै सरकारबाट भएका कमीकमजोरी औँल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनले बताए । ‘पदमा भएपछि एउटा भाषा र पदबाहिर भए अर्को भाषा किन बोल्छौँ ?’ मुख्यमन्त्री राईले भने । बजेट तथा नीति कार्यक्रम साझा विषय भएकोले यसलाई मिलेर अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...