निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने

 लिम्बुवान न्युज
                       


काठमाडौं, ३१ जेठ । निर्वाचन आयोगले असार १ गते देखि मतदाता नामावली संकलन तथा पुरानो अद्यावधिक कार्य गर्ने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संकलन कार्य शुरु गर्ने जनाएको हो ।

आयोगले आगामी प्रदेशसभा तथा संघीय निर्वाचनलाई लक्षित गर्दै नामावाली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाबाट समेत दर्ता गर्न सक्ने व्यवस्था गरेको बताएको छ । त्यसैगरी मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाण सहित निवेदन दिनु पर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाताले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको पाईएको खण्डमा कुनै व्यक्तिले उजुरबाजुर प्रमाणसहित दिएमा उक्त नाम छानविन गरि हटाउन सक्ने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुहाेस् विज्ञप्ति

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;