विश्वकप खेल्ने ३२ देशको टुंगो लाग्योः उद्घाटन खेलमा नेदरल्यण्ड्स र सेनेगल भिड्ने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १ असार । विश्वकप फुटबलमा खेल्ने ३२ राष्ट्रहरुको नाम टुंगो लागेको छ । मंगलबार राती अन्तरमहादेशीय प्लेअफअन्तर्गत कोस्टारिकाले न्यूजिल्याण्डलाई १–०ले हराउँदै अन्तिम ३२ मा स्थान बनाउँदै ३२ टिमको टुंगो लागेको हो ।

सामान्यतया गर्मी मौसममा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारियो ।

कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक आयोजक कतारसँगै ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।
२२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ ।

उद्घाटन खेल समूह ए मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ ।

कुन समूहमा कुन टिम ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...