उर्लाबारीमा धिमाल सांस्कृतिक पर्व जातिरी/सिर्जातको समापन

 लिम्बुवान न्युज
                       


उर्लाबारी, ३ असार । हरेक बर्ष असार २ गते आयोजना हुँदै आएको धिमाल जातीहरुको सांस्कृतिक पर्व जारिती/सिर्जात कार्यक्रमको समापन भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उर्लाबारीस्थित दशबिघेमा विहीबार सम्पन्न भएको हो ।

धिमाल जातिय बिकास केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । समापन कार्यक्रममा माननीय प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा, संस्थापक अध्यक्ष रामबहादुर धिमाल, पूर्व अध्यक्ष रामबहादुर संस्थापक तथा सल्लाहकार मोहन धिमाल, संस्थापक गणेशमान धिमाल, उर्लाबारी नगर स्तरिय राजनैतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

विविध धिमाल सांस्कृतिक नृत्यहरु, रमाइलो मनोरञ्जनका खेल तामासा लगायत कार्यक्रम सहित आयोजित कार्यक्रममा यस वर्षको धिमाल युवा प्रतिभा–२०७९ उर्लाबारी निवासी ललित धिमाललाई नगद ५ हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।

केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालको सभाध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव मातृका धिमालले गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...