उर्लाबारीमा आदिवासी जनजातिको ३ दिने फुड फेष्टिबल शुरु

 लिम्बुवान न्युज
                       


उर्लाबारी, ३ असार । मोरङको उर्लाबारीमा पहिलो पटक ३ दिने आदिवासी जनजाति फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम आजबाट शुरु भएको छ ।
आदिबासी जनजातिहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद्, उर्लाबारीको आयोजनामा उक्त कार्यक्रम भएको सचिव नारायण राईले बताए ।
उर्लाबारी नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्ग फागोले उद्घाटन गरेको उक्त फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, नेवार सहित स्थानीय जातजातिका मौलिकता सहित परम्परागत खानाका परिकारहरु राखिएको छ ।

प्रमुख अतिथि फागोले नगरको विकाशका लागि सबै जातजाति एक भएर लागिपर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी कार्यक्रममा महासंघका सल्लाहकार रुद्रबहादुर तामाङ, शम्शेर लिम्बु सहित विभिन्न राजनीतिक दलका नगर प्रमुख सहितका वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना दिएका छन् ।

आदिवासी जनजाति महासंघ नगर समन्वय समितिका अध्यक्ष मणिलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न जातजातिहरुले आफ्नो कला संस्कृति समिति प्रस्तुत गरेका छन् ।
कार्यक्रम असार ५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । सोही अवसरमा बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित आदिवासी जनजाति जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...