उर्लाबारीमा आदिवासी जनजातिको ३ दिने फुड फेष्टिबल शुरु

 लिम्बुवान न्युज
                       


उर्लाबारी, ३ असार । मोरङको उर्लाबारीमा पहिलो पटक ३ दिने आदिवासी जनजाति फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम आजबाट शुरु भएको छ ।
आदिबासी जनजातिहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद्, उर्लाबारीको आयोजनामा उक्त कार्यक्रम भएको सचिव नारायण राईले बताए ।
उर्लाबारी नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्ग फागोले उद्घाटन गरेको उक्त फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, नेवार सहित स्थानीय जातजातिका मौलिकता सहित परम्परागत खानाका परिकारहरु राखिएको छ ।

प्रमुख अतिथि फागोले नगरको विकाशका लागि सबै जातजाति एक भएर लागिपर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी कार्यक्रममा महासंघका सल्लाहकार रुद्रबहादुर तामाङ, शम्शेर लिम्बु सहित विभिन्न राजनीतिक दलका नगर प्रमुख सहितका वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना दिएका छन् ।

आदिवासी जनजाति महासंघ नगर समन्वय समितिका अध्यक्ष मणिलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न जातजातिहरुले आफ्नो कला संस्कृति समिति प्रस्तुत गरेका छन् ।
कार्यक्रम असार ५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । सोही अवसरमा बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित आदिवासी जनजाति जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...