हाङ चेम्जोङको निर्देशनमा ‘सत्रथुम’ को भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिल्लीङ लिम्बू‘चापेती कुम्मा’ र राज लिम्बूको दमदार अभिनय रहेको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सत्रथुम’ को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार पेशल माबुहाङको शव्द, संगीतकार सञ्जय तुम्बाहाम्फेको संगीत तथा गायक पेपराज माबुहाङ र गायीका श्रेयसी चेम्चोङको सुमधुर आवाजमा सजिएको गीत ‘सत्रथुम’ को भिडियो रीता फोम्बो ठुलीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

तेह्रथुमको चोत्लुङ पार्कदेखि पाँचथरको त्रिसाली मेलासम्मको स्थानहरुमा छायाँकन गरिएको भिडियोमा तेजेन्द्र चेम्जोङ, जीवन केदेम, सुमन लिम्बु, प्रमिशा सम्बाहाम्फे, आरती सम्बाहाम्फे र दिब्या सम्बाहाम्फे लगायतको समेत अभिनय रहेको छ ।

इशाक जबेगु र धिरेन तुम्बापाेको छायाँकन रहेको यस भिडियोको सम्पादन पनि जबेगुले नै गरेका हुन् भने श्रृङ्गार सुमन मग्रातीले गरेका हुन् ।

राजु कार्कीको संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई गीतकार रीता फोम्भो ठूलीले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...