दमक, ४ असार । बरिष्ठ गायक शम्भू राई र लोकप्रिय गायिका मेलिना राईको सुमधुर आवाजमा सजिएको गीत ‘चिउरी चिल्लो पात’ को नयाँ भर्सन भिडियो सहित सार्वजनिक गरिएको छ ।
चर्चीत तथा पुराना गीतको नयाँ भर्सनहरु पछिल्लो समय बढी मात्रामा आउने क्रम बढिरहेको बेला विरेन्द्र राईको शब्द तथा संगीत रहेको पूर्वेली जुहारी गीत ‘चिउरी चिल्लो पात’ शम्भू राई श्रद्धा रेकर्डिङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
शम्भू राई, विरेन्द्र राई, लोरेतो सिंह र संगीता मुखियाको आवाजमा यसअघिनै चर्चा बटुलिसकेको गीतलाई नर्बु शेर्पाले एरेञ्ज गरेका हुन् । श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सार्वजनिक नयाँ भर्सनको गीतलाई श्याम लिम्बूले रेकर्ड तथा दीपेश प्रधानले मिक्सिङ गरेका हुन् ।
‘डाँडा बजार’ र ‘तमोर सलल’ को अपार सफलता पछि कलाकार, निर्माता तथा निर्देशक देउकृष्ण देवान याख्खा लिंखाको निर्देशन रहेको भिडियोमा रेखा लिम्बू, विमला लिम्बू, योमन सोदेम्बा लिम्बू र नुमा माबुहाङ लिम्बूले अभिनय गरेका छन् ।
नयाँ भिडियोको छायाँकन देवराज सिग्देल, अनिल रानाको कलरिङ तथा सम्पादन रहेको छ ।
यस्तै भिडियोमा आरती लिम्बू, फूलमाया लिम्बू, अञ्जना लिम्बू, दलमान लिम्बू, नरमान लिम्बू, जोग बहादुर लिम्बू, लाल बहादुर लिम्बू, पूर्ण बहादुर लिम्बू, लक्ष्मी लिम्बू, मनरानी लिम्बू, थ्री प्रसाद जीमी याख्खा, खड्का बहादुर लिम्बू, छिन्ताङ्गे राई, दूर्गा लिम्बू, पुरनधोजे लिम्बू, सुमन लिम्बू, रोबर्ड श्रेष्ठ, राम गुरुङ, पूर्ण बहादुर गुरुङ, पदम बहादुर थापा, सुनिल सिटौला, विनय मादेन र गोविन्द यादव लगायतले समेत अभिनयमा साथ दिएका छन् । भिडियो हेर्नुहोस‘
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...
काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...