भुटानी शरणार्थी मानवअधिकारवादी नेता डा. भम्पा राईको निधन

 लिम्बुवान न्युज
                       


दमक, ५ जेठ । भुटानी शरणार्थी मानवअधिकारवादी नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय डा. राईको आज बिहान दुई बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
लामो समय देखि पेट सम्बन्धी गम्भीर रोगबाट ग्रसित डा. राईको पाँच दिन अघि दमक लाइफलाइन अस्पतालमा हर्नियाको शल्यक्रिया गरेका थिए ।
शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएपछि तत्काल दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरिएको थियो । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन् । उनलाई दमकका अर्का डा. बेदनिधी खतिवडाले शनिबार मध्यान्हमा विराटनगर नोवल अस्पताल पुराएका थिए ।
तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. राई हाल दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नी उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए ।
राईको पार्थिव शरीरको आइतबार नै किरात धर्मसंस्कारअनुसार झापाको कमल पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको किरातसमाधी स्थलमा अत्येष्टि गरिने जनाइएको छ ।
२९ बर्ष दमक ८स्थित खगेन्द्र गुरागाईको घरमा डेरा बस्दै आएका डा. राईलाई हाल दमक नगरपालिकाले निःशुल्क व्यवस्था गरको आवास दमक ५स्थित खेम भण्डारीको घरको भुईतलाको किचन सहितको फ्ल्याटमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...