पेट्रोलिय पदार्थमा हालसम्मकै भारी मुल्य वृद्धिः ग्यासको मुल्य यथावत

 लिम्बुवान न्युज
                       

काठमाडौं, ६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हालसम्मकै भारी वृद्धी गरेको छ । आइतबार निगलले एक विज्ञप्ति जारी गर्दै मुल्य बृद्धि भएको जनाएको हो ।

निगम सञ्चालक समितिको आकस्मिक बैठक बसी पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मुल्य बृद्धि गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने निगमले विज्ञप्तिमा जनाएको छ ।

अब योसँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मुल्य १९२ रुपैयाँ पुगेको छ ।
यस्तैगरी निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँ मुल्य वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुगेको जनाएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एकसय अमेरिकी डलरले मूल्यवृद्धि गरेको जनाइएको छ ।

निगमले खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुहाेस् विज्ञप्तीः

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;