एसईईको नजिता असार मसान्तमा सार्वजनिक गर्ने बोर्डको तयारी

 लिम्बुवान न्युज
                       


लिम्बुवाखबर, ७ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यहि असार मसान्तभित्र सार्वजनिक गर्ने भएकोे छ । वोर्डले नतिजा सार्वजनिक गर्न तिब्र रुपमा काम गरिरहेको जनाएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार समयमा नै नजिता सार्वजनिक गर्न आवश्यक कार्य भईरहेको हुँदा कुनै प्राविधि समस्या नआए आगामी ३२ गते नजिता सार्वजनिक गर्ने बताए ।
उत्तरपुस्तिका परीक्षण सम्पन्न भई सुरपरिवेक्षणको काम अन्तिम चरणमा भईरहेको साथै रुजु गर्दै कम्प्यूटर इन्ट्रीको काम भईरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने कार्ययोजना बनाइएको बताइएको छ ।
कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेकाे बाेर्डले एसइईको नजिता दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेर ल्याउन लागेको हो ।
यस बर्ष दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षामा समेल भएको परिक्षा नियन्त्रक अर्जुन रायमाझीले जनाएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...