नसानको शव्दमा एकान्त र सुनिताको ‘हौ फोवामे’ काे भिडियाे सार्वजनिक

,   लिम्बुवान न्युज
                       

दमक, ७ असार । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ ।

गायक एकान्त आङदेम्बे लिम्बू र गायीका सुनिता लावती लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘हौ फोवामे’ को भिडियो गायीका सुनिता लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कोरियोग्रफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा इसिका जबेगु लिम्बू र आशिस लिम्बूद्वारा अभिनित भिडियोमा छायाँकन मुकेश हुमागाईले गरेका छन् ।

छाडेर गएकी श्रीमतीको यादमा टोलाएर बसेको एक युवकको प्रेम कथालाई प्रस्तुत गरिएको भिडियोमा कविता तोलाङगीको मेकअप, मु्स्कान ओली, सिरिस खड्का र नविन तोलाङगीको लाईट र अनिल रानाको सम्पादन रहेको छ ।

पदम रजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

हेर्नुहोस  भिडियो …

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;