दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, ९ असार । तीन दशक अगाडी रंग(नाट्य) क्षेत्रमा उधुम मचाएका रंगकर्मी निर्देशक बिक्रम फागो वनेम दूई दशकपछि रंगमञ्चमा कम्व्याक गर्ने भएका छन् ।
पछिलो समय म्यूजिक भिडियो निर्माण तथा निर्देशनमा व्यस्त रहेका नटक प्रेमी दर्शकहरुको ढुकडुकी वनिसकेका रंगकर्मी निर्देशक बिक्रम फागो वनेम दूई दशकपछि लिम्बू भाषामा आधारित नाटक ‘सिमिक्वा’ मार्फत रंगमञ्चमा फर्किने भएका हुन् ।
वनेमले आगमी असार १७ गते काठमाडौंमा हुने बहुभाषिक नाटक उत्सव २०७९ मा मञ्चनको लागि तयारीमा रहेको नाटक ‘सिमिक्वा’ परिकल्पना तथा निर्देशन गरेका छन् । उनलाई निर्देशनमा चेतन आंङथुपो ‘डर’ ले साथ दिएका छन् ।
करिव ४५ मिनेटको नाटकको कथा संकलन शिवकुमार श्रेष्ठले गरेका हुन् भने, नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका छन् ।
लिम्बू कल्चरल मिथक, मुन्धुम, सभ्यता र संस्कृति सौन्दर्यको खोजी गरिएको नाटकमा मिना नेम्बाङ (आम्मो),पासाङ ल्हामुु शेर्पा (छोरी), मनकुमार योङहाङ (यवा), शिखर लाम्गादे (च्याउ, चरा), सविरन राई (च्याउ, चरा), उज्वल घिमिरे (सानो चरा) लगायको अभिनय देख्न सकिनेछ ।
नाटकमा राजकुमार आङदेम्बेको भाषा तथा भेषभूूषा, मनाङ लावतीको प्रप्स तथा लाइट डिजाइन, सन्तोष गिरीको ध्वनी, रचना लावतीको हाम्लाक्वा प्रस्तुति रहेको छ । यसैगरि प्राविधिकमा सञ्जय विश्वकर्मा, भाषा अनुवादमा डिल्ली मुसाहाङ अम्यङसा र यवा सर्दममा टंक केरुङ रहेका छन् ।
नाटक ‘सिमिक्वा’ काठमाडौंमा मञ्चन गरेपछि झापाको दमकमा समेत एकहप्तासम्म मञ्चन गर्ने निर्देशक बिक्रम फागो वनेमले बताए ।
बि.स. २०४७ बाट रङगकर्ममा(नाट्य क्षेत्रमा) प्रवेश गरेका डेढ दर्जनबढी नाटक लेखन तथा निर्देशन गरि सकेको बिक्रम फागो वनेमले लेखन तथा निर्देशन गरेको ‘कथा भित्र लुकेको बेदना’ नामक क्षेत्रीय एकाँकी नाटक (क्षेत्र न.–२,मोरङ) २०५४ प्रतियोगितामा सर्वोउत्कृष्ट भएको थियो ।
यसैगरि वनेमको अर्को ‘आँशुले मुछिएको भाईटिका’ नामक रेडियो नाटक पुर्वाञ्चल क्षेत्रीय प्रसारण देव्रेवास, धनकुटा रेडियोले (२०५५) स्व.राजा वीरेन्द्रको ५३ औं शुभ– जन्मोत्सवको सु–अवसरमा आयोजना गरेको पुर्वाञ्चल रेडियो नाटक प्रतियोगीतामा प्रस्तुत नाटक रेकर्ड गरी सर्वोउत्कृष्ट घोषणा गरेको थियो । जुन रेडियो नाटक प्रत्येक बर्षको भाईटिकाको दिन रेडियो नेपाल क्षेत्रीय प्रसारण धनकुटा र केन्द्रीय प्रसारण रेडियो नेपालले प्रसारण गर्दै आईरहेको छ ।
मोरङ पथरीशनिश्चरे ३ (साविक पथरी–८) आईतबारे, सगरमाथा टोलमा स्थायी कर्मथलोको रूपमा विशेष नाट्य क्षेत्रमा विगत तीन दशक अघि देखी रंगकर्मीको रूपमा काम गर्दै आएका फागोले सगरमाथा नाट्य परिवार संस्था खडा गरि आफ्नै नेतृत्वमा उक्त नाट्य संस्थाको ब्यानरमा नाटकहरु प्रस्तुत गर्दै आईरहेको थियो ।
वनेमले नाट्य क्षेत्रबाट मुक्त/पलायन भएपछी भने उक्त नाट्य संस्थाले कुनै गतिविधिहरु गर्न सकेनन् । अहिले निरिहिय अवस्थामा गुमनाम बनेको छ । उनको नाट्य क्षेत्रमा–२०५७ सम्म जागरुकता थियो ।
त्यसपछी यता लामो समय ब्रेक भयो । २०६१ मा माओवादीको शसस्त्र जनयुद्वको युद्वविराम भएको समयमा वनेमकैै लेखन र निर्देशनमा ‘रंगहीन गुलाफको फुल’ नामक नाटक पुनःआफ्नै गाउँको जनता उच्च माध्यमिक बिद्यालयको प्राङगणमा मञ्चन गरेको हो । उक्त नाटक एउटा माओवादी घाईते छापामार दस्ताको वियोगान्त प्रेमकथामा आधारित थियो ।
त्यसपछी २०६२/०६३ जन–आन्दोलन–२ को आन्दोलनरत आन्दोलनकर्मी रूपमा पथरी वजारको गणतन्त्र चौकमा हजारौं नागरिक आन्दोलनकर्मीको माँझ पुनःनाटक (बैसाक–८/२०६३)मा वनेमले मञ्चन गरेका थिए । २०६३ को नाटक मञ्चनपछी भने नन् स्ट्प ब्रेक लागेका विक्रम वनेम फागोले झण्डैं दुई दशकपछी कम्व्याक गरेका हुन् ।
उनले यस अघि झापा, दमकका थिएटर साथीहरुले २, ३ वटा नाटकहरुमा निर्देशन गरिदिन आग्रह गरेको तर आफू नाटक क्रिएशनबाट अघाएकोले अस्वीकार गरे पनि, निर्देशन गर्ने दोश्रो साथीको नाम सिफारिस गरि दिएको बताए ।
अहिले भने लिम्बू कलचरल (संस्कृति/मिथक)मा आधारित भएकोले जाँगर चलेको साथै चुलाचुली रंगमञ्चका कलाकार भाईहरुको विशेष अनुरोध र आग्रहलाई स्वीकार गरी पुनःनाटय क्षेत्रमा पुनारागमन गरेको वनेमले बताए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...