भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितः द्रोपदी को हुन् ?

 लिम्बुवान न्युज
                       


एजेन्सी । भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले द्रोपदी मुरमुलाई साझा उम्मेदवार बनाउने घोषणासँगै उनी राष्ट्रपति बन्ने निश्चितप्रायः भएको हो । भाजपासहितको गठबन्धनसँग राष्ट्रपति निर्वाचनमा बहुमत मतदाता छन् ।

ओडिसाकी ६४ वर्षकी मुरमु भाजपासँग आवद्ध छिन् । एकल महिला मुरमुका दुई छोराको निधन भइसकेको छ भने उनकी एक छोरी छिन् ।
झारखण्डकी पूर्व गर्भनर मुरमले स्नातकसम्म अध्ययन पूरा गरेकी छिन् । हिन्दू धर्मावलम्बी उनी शाकाहारी हुन् ।

यसअघि भाजपाको साथ पाएर अब्दुल कलाम राष्ट्रपति बनेका थिए । त्यसैगरी दलित समुदायबाट पहिलो राष्ट्रपनि बनेका रामनाथ कोविन्द पनि भाजपाकै साथ पाएर बनेका थिए ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...