आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा ज्योतिराज राई

 लिम्बुवान न्युज
                       

दमक, १० असार । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ । बहिबार इटहरीमा आयोजित आदिवासी जनजाती चलचित्र विषय देशव्यापी अभिमुकीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

उक्त कार्यक्रमबाट उपाध्यक्षहरुमा दिप नारायण राजबंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल त्यसैगरी कोषाध्यक्षमा पेशल कुमार सुनुवार चयन भएका छन् ।

महासंघ प्रदेश १ का उपाध्यक्ष तुम्बाहाम्फेले समितिको अन्य पदाधिरकारी तथा सदस्यहरु आज थप चयन गर्ने समेत जनाएका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र वृद्धिविकासको लागि सबै प्रदेशहरुमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...