आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा ज्योतिराज राई

 लिम्बुवान न्युज
                       

दमक, १० असार । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ । बहिबार इटहरीमा आयोजित आदिवासी जनजाती चलचित्र विषय देशव्यापी अभिमुकीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

उक्त कार्यक्रमबाट उपाध्यक्षहरुमा दिप नारायण राजबंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल त्यसैगरी कोषाध्यक्षमा पेशल कुमार सुनुवार चयन भएका छन् ।

महासंघ प्रदेश १ का उपाध्यक्ष तुम्बाहाम्फेले समितिको अन्य पदाधिरकारी तथा सदस्यहरु आज थप चयन गर्ने समेत जनाएका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र वृद्धिविकासको लागि सबै प्रदेशहरुमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...