लिम्बु कथानक चलचित्र ‘रीत’को छायांकन सम्पन्न

,   लिम्बुवान न्युज
                       


काठमाडौं, ११ असार । लिम्बू कथानक नेपाली चलचित्र ‘रीत’ को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच चलचित्र छायांकन सम्पन्न भएको जानकारी गराइएको हो ।

फाल्गुनन्द फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको उक्त कार्यक्रममा वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा पुर्व मेजर जर्णेल होमितकुमार लावती, किरात याक्थुङ चुम्लुङ संघीय सचिव यासेली योङ्हाङ, याक्थुङ मुन् चइत चोक सयङ लिम्बुवान प्रदेश समितिका अध्यक्ष भुपेन्द्र तुम्बाहाङ्फे, हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङ्बुहाङ, चलचित्र निर्देशक सागर केरुङ्, हाङ् चेम्जोङ, लोकेन सांवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र रीतलाई सागर केरुङ्ले लेखेका हुन भने दिनेश लिङ्देनले निर्देशन गरेका छन् ।

उक्त चलचित्रमा लक्ष्मी योङ्हाङ, बिमला खजुम, तान्छोहाङ इङ्नाम, लेखक केरुङ, यासेली योङ्हाङ, प्रभु कुरुम्बाङ, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु थोक्लिहाङ, भिम थेबे, पुर्ण सेलिङ, नितु नेम्बाङ, एन्जिला नेम्बाङ, रत्ना लिङ्देन, नन्दु तुम्बापो लगायतको अभिनय रहेको छ ।

चलचित्रको छायांकन सुमन योन्जन, नृत्य निर्देशन दिनेश माङ्मु, शब्द यासेली योङ्हाङ र हर्क मान लिम्बु, संगीत अशोक लोहरुङ, मान तबेबुङ त्यसैगरी सुसन साम्सुहाङ र श्रेयासी चेम्जोङ्ले गीतमा आवाज दिएका छन् । आगामी वालिहाङ तङ्नामबाट प्रदर्शन हुने चलचित्रमा होमितकुमार लावती, आशा नेम्बाङ् र विष्णुकुमार इङ्नाम निर्माता रहेका छन ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;