थारु अगुवाहरु सहित ५ दर्जन नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

 लिम्बुवान न्युज
                       


काठमाण्डौं, लि.ख.। थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु र लम्कीका व्यवसायीसमेत रहेका काँग्रेस नेता नेत्र जोशी सहित पाँच दर्जन थारु अगुवाहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार काठमाडौँस्थित रिपोर्टक्लबमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । थारु र जोशीलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् । नागरिक उन्मक्ति पार्टी प्रवेश गर्न लागेका थारु थरुहट आन्दोलनका अगुवामध्येका एक हुन् ।
टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत भई जीवन बिताइरहेका छन् । टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् ।
माओवादीले दाङदेखि कञ्चनपुरसम्म थारुवान प्रदेश घोषणा गरेको थियो । तर लेखराज भट्टले कैलाली, कञ्चनपुरलाई सेती महाकाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएपछि त्यसमा असहमति जनाउँदै माओवादीको कैलाली जिल्ला इन्चार्ज रहेका लक्ष्मण थारुले २०६५ सालको सुरुमै पार्टी परित्याग गरेका थिए । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष समेत बनेका थिए । २०६४ सालको पहिलो संविधानसभामा मञ्चले २ जना सभासद पाउँदा थारुहटबाट रुक्मणी चौधरी सभासद बनेकी थिइन् ।
पछि मञ्च फुटेपछि छुट्टै मोर्चा बनाएका लक्ष्मण थारुले थरुहट तराई पार्टी नेपाल पार्टी गठन गरी अध्यक्ष भएका थिए । थरुहट तराई पार्टी नेपालको चुनाव चिन्ह त्यसबेला ढकिया थियो ।
रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह पनि अहिले ढकिया रहेको छ ।
यस्तै पार्टी प्रवेश कार्यक्रमबाट जसपाका मोहनलाल चौधरी, रकामकुमार थारु, प्रभा चौधरी, रञ्जित चौधरी, माओवादी केन्द्रका सीताराम थारु, काँग्रेसका राधेश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका जग्गनाथ चौधरी, पार्वती चौधरीलगायतका नेताहरु उन्मुक्ति पार्टीमा आज प्रवेश गर्न लागेका हुन् । त्यस्तै, थरूहट आन्दोलनका अगुवा तथा अधिकारकर्मी वासुदेव चौधरी, ओमप्रकाश चौधरी, इन्दु चौधरी, मनोज लोहार लगायत पाँच दर्जन रहेका छन् भने अन्य थुप्रै थारुहरु उन्मुक्ति पार्टीमा आवद्ध हुन लागेको थरूहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले बताए ।
नयाँ पार्टी भएपनि स्थानीय चुनावमा राम्रो नतिजा ल्याउन सफल भएको हुनाले सो पार्टीप्रति सबैको आकर्षण बढ्दै गइरहेको छ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;