थारु अगुवाहरु सहित ५ दर्जन नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

 लिम्बुवान न्युज
                       


काठमाण्डौं, लि.ख.। थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु र लम्कीका व्यवसायीसमेत रहेका काँग्रेस नेता नेत्र जोशी सहित पाँच दर्जन थारु अगुवाहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार काठमाडौँस्थित रिपोर्टक्लबमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । थारु र जोशीलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् । नागरिक उन्मक्ति पार्टी प्रवेश गर्न लागेका थारु थरुहट आन्दोलनका अगुवामध्येका एक हुन् ।
टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत भई जीवन बिताइरहेका छन् । टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् ।
माओवादीले दाङदेखि कञ्चनपुरसम्म थारुवान प्रदेश घोषणा गरेको थियो । तर लेखराज भट्टले कैलाली, कञ्चनपुरलाई सेती महाकाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएपछि त्यसमा असहमति जनाउँदै माओवादीको कैलाली जिल्ला इन्चार्ज रहेका लक्ष्मण थारुले २०६५ सालको सुरुमै पार्टी परित्याग गरेका थिए । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष समेत बनेका थिए । २०६४ सालको पहिलो संविधानसभामा मञ्चले २ जना सभासद पाउँदा थारुहटबाट रुक्मणी चौधरी सभासद बनेकी थिइन् ।
पछि मञ्च फुटेपछि छुट्टै मोर्चा बनाएका लक्ष्मण थारुले थरुहट तराई पार्टी नेपाल पार्टी गठन गरी अध्यक्ष भएका थिए । थरुहट तराई पार्टी नेपालको चुनाव चिन्ह त्यसबेला ढकिया थियो ।
रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह पनि अहिले ढकिया रहेको छ ।
यस्तै पार्टी प्रवेश कार्यक्रमबाट जसपाका मोहनलाल चौधरी, रकामकुमार थारु, प्रभा चौधरी, रञ्जित चौधरी, माओवादी केन्द्रका सीताराम थारु, काँग्रेसका राधेश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका जग्गनाथ चौधरी, पार्वती चौधरीलगायतका नेताहरु उन्मुक्ति पार्टीमा आज प्रवेश गर्न लागेका हुन् । त्यस्तै, थरूहट आन्दोलनका अगुवा तथा अधिकारकर्मी वासुदेव चौधरी, ओमप्रकाश चौधरी, इन्दु चौधरी, मनोज लोहार लगायत पाँच दर्जन रहेका छन् भने अन्य थुप्रै थारुहरु उन्मुक्ति पार्टीमा आवद्ध हुन लागेको थरूहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले बताए ।
नयाँ पार्टी भएपनि स्थानीय चुनावमा राम्रो नतिजा ल्याउन सफल भएको हुनाले सो पार्टीप्रति सबैको आकर्षण बढ्दै गइरहेको छ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...