सरस्वती माबिमा बाली विज्ञानको पठनपाठन शुरूः विद्यार्थीहरु आकर्शित हुँदै

,   लिम्बुवान न्युज
                       


दमक, १४ असार । इलामको माङ्सेबुङ –५ स्थित सरस्वती माध्यमिक बिद्यालयमा प्राविधिक कृषि शिक्षा बाली बिज्ञानको पठनपाठन शुरु भएको छ । सरस्वती माविले ०७७ सालदेखि सो बिद्यालयमा प्राविधिक शिक्षा पढाई सुरु भएको हो ।

पहिलो बर्ष कक्षा ९ मा मात्र अध्ययन अध्यापन भएको बिषय हाल कक्षा १० सम्म पढाई हुँदै आइरहेको छ । विद्यालयमा सो विषयमा अध्ययन गर्ने कक्षा ९ मा २१ जना र १० कक्षामा २१ जना विद्यार्थी रहेका छन् । एसइइ दिइसकेका ३३ जना विद्यार्थीले ओ.जि.टी तालिम लिइरहेको शिक्षक दिप्सन राईले बताएका छन् ।

पछिल्लो समयमा गाउँमै प्राविधिक शिक्षा पढ्न पाएकामा बिद्यार्थीहरु पनि खुशी छन् । उनले भने ‘सैद्धान्तिक शिक्षालाई ब्यवहारिक रूपमा देखाउने काम ओजिटिको रूपमा गर्नुपर्दछ ।’

प्राविधिक शिक्षा सञ्चालन गरेपछि पढाइका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । गाउँमै बसेर विद्यार्थीले कम खर्चमै गुणस्तरीय प्राविधिक शिक्षा पढ्न पाएका छन् । गाउँपालिकाकै एकमात्र प्राविधिक कृषि बाली बिज्ञान सरस्वती माबिमा पठनपाठन हुँदै आइरहेको छ ।
गाउँमै प्राविधिक कृषि शिक्षा बाली बिज्ञान पढ्न पाउँदा विद्यार्थीहरु पनि खुशी भई प्राविधिक विषयप्रति चासो बढ्दै गएको साथै प्राविधिक शिक्षा लिँदा जागिर पाउन कुनै समस्या नहुने भएकाले पनि नयाँ विषयप्रति विद्यार्थीहरुको रुचि बढेको विद्यालय श्रोतले जनाएको छ ।

बाली बिज्ञान प्राविधिक शिक्षाको लागि पर्याप्त मात्रामा जग्गाको आवश्यक पर्ने गर्दछ । ब्यवहारिक रूपमा खेतिपाती गर्नुपर्ने भएकोले पनि पर्याप्त जग्गा चाहिने शिक्षक दिप्सन राईले बताए । “मौसमी र बेमौसमी खेतिको लागि आवश्यक जग्गा छ । तर, कागती, सुन्तला जस्ता बिरुवाको लागि लामो समयसम्म हेरचाह गर्नुपर्ने भएकोले बिद्यालयको आफ्नै जग्गा भए दिगो र ब्यवहारिक रूपमा अध्ययन गर्नका लागि कुनै कठिनाइ नहुने बताउँदै यस तर्फ विद्यालय व्यवस्थापन समितिको ध्यान जान आवश्यक रहेको छ” शिक्षक राईले भने ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;