सुनिता र व्रविमको आवाजमा सजिएको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, १४ असार । लोकप्रिय गायिका सनिता थेगिम लिम्बू र मुन्धुमी गायक व्रविम सेर्माको आवाजमा सजिएको लिम्बू भाषाको नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार श्याम लाओतीको शव्द तथा संगीतमा सजिएको गीत ‘इक्सादिङ खाम्बेक’ लिप्सिङ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई योगेन मुकारुङले रेकर्ड गरेका हुन् भने मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

यस भिडियोमा अंग्रेजी सवटाईटल समेत राखिएको छ । उक्त टाइटलको अनुवाद डिबी आङबुङको रहेको छ भने छायाँकन मनोज राईले गरेका हुन् ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=De0B5mvy3ZA

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...