झापामा अविरल बर्षासँगै डुवानः २ सय ७० भन्दा बढि परिवार प्रत्यक्ष प्रभावित

 लिम्बुवान न्युज
                       


दमक, १४ असार/ सोमबार मध्यरातीदेखि परेको अविरल बर्षासंगै झापाका विभिन्न स्थानमा खोला नदीको कटान र डुबानका कारण करिब २ सय ७० भन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका छन ।
कन्काई, कमल बनियानी, रतुवा लगायतका मुख्य खोला नदीमा आएको बाढीका कारण धेरै जसो मानिसहरु घर छोडेर बाहिर निस्किनु परेको छ ।
मौसमविदहरुले आज राती र भोली ( बुधबार) सम्म पनि भारी बर्षाको सम्भावना औंल्याएका कारण बाढी प्रभावित तथा खोला नदी आसपासका बस्तीहरु थप जोखिममा पर्ने भएकाले त्रास कायमै रहेको छ ।

बाढीका कारण झापाको कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी , गौरादह नगरपालिका र कचनकवल गाउँपालिका बढी प्रभावित भएका छन भने दमक, विर्तामोड , भद्रपुर लगायतका शहरी क्षेत्र पनि पानीको उचित निकासको अभावमा डुबानमा परेका छन । बाढी प्रभावित क्षेत्रमा सम्बन्धित पालिकाका जनप्रतिनिधिसहित सुरक्षाकर्मी, स्वयंसेवक उद्धारकर्ताहरुको टोलीले दिनैभर ठाउँ ठाउँमा उद्धार गरेको छ । गौरीगञ्ज गाउँपालिका वडा नं १ मा पानी नपस्ने डुंगा ( बोट)को प्रयोग गरि १५ परिवारलाई उद्धार गरिएको छ ।

घरमा खोलो पसेका सबै परिवारका सदस्यहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । शिवसताक्षी १ स्थित एक कुखुरा फार्ममा पानी पसेपछि करिब १० लाख मुल्य बराबरका कुखुरा मरेका छन भने कमल ५ मा चाँजु खोलाको कटानका कारण आधा दर्जन परिवार विस्थापनको उच्च जोखिममा परेका छन । स्थानीय तहहरुले बाढीको उच्च जोखिममा परेका सर्वसाधारणका लागि परिआएको अवस्थामा बसोबासको बैकल्पिक बन्दोबस्ती मिलाएका छन । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसंगको सहकार्य र समन्वयमा तत्काल राहत तथा उद्धारको पूर्व तयारी बलियो बनाइएको बताए ।
(निश्कर्ष न्यूजबाट लिईएको)

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...