आज धान दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

 लिम्बुवान न्युज
                       

फाइल तस्वीर

लिम्बुवानखबर । आज १९औं राष्ट्रिय धान दिवस देश भर विविध कार्यक्रम गरी मनाइँदै छ । यो बर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

यस दिवसको अवसरमा देशभर विविध पारम्पारिक कार्यक्रमका साथ रोपाइँ गर्दै मनाईन्दै छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार वि.सं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

विविभन्न जाती जनजातिहरुको सांस्कृतिक लोकभाकाहरुमा दोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज एक अर्कामा खुशी बाढ्दै धान रोप्ने चलन रहेको छ ।

यसैगरी नेपालीहरुले असार १५ लाई दहीच्युरा खाने पर्वका रूपमा पनि मनाउने गरेका छन् । यसैले आज दही चिउरा खाने पर्व भनि भनिन्छ । कृषि सहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मान्ने प्रचलन पनि रहेको छ । यो प्रचलन सरकारले धान दिवस मान्नु पहिलादेखि कै नेपालीहरुको खाने गर्दै आएका थिए ।

दहीच्युरा खानाले शरीरमा शीतलता प्रदान गर्दै शक्ति दिन साथै दही खानाले स्वास्थ्य राम्रो हुने वैज्ञानिक दृष्टि समेत रहेको छ ।

सम्बन्धित समाचार

मंसिर २६ र २७ गते मध्ये पहाडी लोकमार्ग बन्द हुने: ओखलढुङ्गामा पक्राउ भएका नेता रिहा

काठमाडौं, २० मंसिर । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आगामी २६ र २७ गते मध्ये पहाडी लोकमार्ग अन्तरर्गत घुर्मीदेखि लेगुवाघाटसम्म सडक बन्दको घोषणा गरेको छ । एमालेको मध्ये पहाडी यात्रामा कोशी नाममा हस्ताक्षर...

फाक्फोकथुममा मंसिर २५ र २६ गते चासोक तङ्नाम मेला लाग्दै

दमक, १९ मंसिर । इलाम जिल्लाको फाक्फोकथुम ४ स्थित लिम्बु गाउँमा  चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । बिगत १६ बर्ष देखि निरन्तर लागिरहेको मेला विगत बर्ष झैं मंसिर २५ र २६ गते दुई...

फालेलुङमा संघर्ष समिति र पहिचानका लागी युवा गठन

दमक, १९ मंसिर ।  पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन भएको छ। पहिचानवादीहरुको भेलाले धन बहादुर केरुङको संयोजकत्वमा २१ सदस्यीय संयुक्त संघर्ष समिति र...

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा सार्वजनिक विदा

दमक, १६ मंसिर । किरात धर्मका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । धर्मगुरु लिङ्देनको ७०औँ जन्मोत्सवमा मंसिर १८ गते सोमबारका दिन स्थानीय सरकारले विदा घोषणा गरेको हो...