माङसेबुङ गाउँपालिकाले कृषि प्रोत्साहन कार्यक्रम ल्याउँदै

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर, १५ असार । इलामको माङसेबुङ गाउँपालिकाले कृषि प्रोत्साहन कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रममा माङसेबुङ गाउँपालिकाका कृषकहरुका लागि प्रोत्साहन कार्यक्रम ल्याएको हो ।

निति तथा कार्यक्रममा कृषकलाई प्रोत्साहनका लागि विभिन्न शिर्षकमा प्रोत्साहन गर्ने भएको छ । किसानले दैनिक २० लिटर दुग्ध उत्पादनगरि विक्रि गरेमा प्रतिलिटर २ रुपयाँ प्रोत्साहन प्रदान गर्ने भएको छ ।

यस्तै स्कुस २० झ्याङका लागि प्रति झ्याङ १ हजार, ५० झ्याङ केराका किसानीका लागि प्रति झ्याङ १ सय, २५ झ्याङ मलबास जातका लागि बाँस हुनेलाई १ सय, कफि उत्पादन गर्ने किसानलाई प्रतिकेजी २० रुपियाँ प्रदान गर्ने भएको छ ।

माङसेबुङ गाउँपालिकाको वडा नं. ३ र ५ मा दालखेति किसानले अत्याधिकरुपमा गर्ने गर्दछन् सोही किसानीलाई पनि प्रोत्साहन गर्नका लागि १ सय केजी दाल उत्पादन गर्नेलाई प्रतिकेजी रु. २० प्रोत्साहन गर्ने पालिकाले बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

यसैगरि माङसेबुङका सबै वडाका कृषि पकेट क्षेत्र बनाउनका लागि वडा नं. ४ मा केरा खेती, वडा ३ मा धानखेती, ३ कै खलङगे उतरे, चिवुवा, मान्द्रे, खोंगी, खुन्द्रुका, सिवाचिन र वडा ६ कै टोड्के कुसुन्डे क्षेत्रलाई टमाटर, वडा १, २ र ६ को माथिल्लो क्षेत्रमा किवीखेती, पकेट क्षेत्र घोषणा गरेको छ ।

वडा १,२,३,५ र ६ मा गाईपालन, वडा ४ बाख्रापालन, वडा ३ र ५ मा एक घरले ५ बोट फलफुल रोपण कार्यक्रमलाई अगाडी बडाउने भएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...