माङसेबुङ गाउँपालिकाले कृषि प्रोत्साहन कार्यक्रम ल्याउँदै

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर, १५ असार । इलामको माङसेबुङ गाउँपालिकाले कृषि प्रोत्साहन कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रममा माङसेबुङ गाउँपालिकाका कृषकहरुका लागि प्रोत्साहन कार्यक्रम ल्याएको हो ।

निति तथा कार्यक्रममा कृषकलाई प्रोत्साहनका लागि विभिन्न शिर्षकमा प्रोत्साहन गर्ने भएको छ । किसानले दैनिक २० लिटर दुग्ध उत्पादनगरि विक्रि गरेमा प्रतिलिटर २ रुपयाँ प्रोत्साहन प्रदान गर्ने भएको छ ।

यस्तै स्कुस २० झ्याङका लागि प्रति झ्याङ १ हजार, ५० झ्याङ केराका किसानीका लागि प्रति झ्याङ १ सय, २५ झ्याङ मलबास जातका लागि बाँस हुनेलाई १ सय, कफि उत्पादन गर्ने किसानलाई प्रतिकेजी २० रुपियाँ प्रदान गर्ने भएको छ ।

माङसेबुङ गाउँपालिकाको वडा नं. ३ र ५ मा दालखेति किसानले अत्याधिकरुपमा गर्ने गर्दछन् सोही किसानीलाई पनि प्रोत्साहन गर्नका लागि १ सय केजी दाल उत्पादन गर्नेलाई प्रतिकेजी रु. २० प्रोत्साहन गर्ने पालिकाले बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

यसैगरि माङसेबुङका सबै वडाका कृषि पकेट क्षेत्र बनाउनका लागि वडा नं. ४ मा केरा खेती, वडा ३ मा धानखेती, ३ कै खलङगे उतरे, चिवुवा, मान्द्रे, खोंगी, खुन्द्रुका, सिवाचिन र वडा ६ कै टोड्के कुसुन्डे क्षेत्रलाई टमाटर, वडा १, २ र ६ को माथिल्लो क्षेत्रमा किवीखेती, पकेट क्षेत्र घोषणा गरेको छ ।

वडा १,२,३,५ र ६ मा गाईपालन, वडा ४ बाख्रापालन, वडा ३ र ५ मा एक घरले ५ बोट फलफुल रोपण कार्यक्रमलाई अगाडी बडाउने भएको छ ।

सम्बन्धित समाचार

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ। सन् २०१५ मा "पाथीभरा देवी दर्शन...