भीषण र छाेरी अभियन्ताकाे स्वरमा ‘ए छाेरी, ए बाबा’ सार्वजनिक
बिहिबार, १६ असार, २०७९ बिहानको ११:३१ बजे,
लिम्बुवान न्युज
चर्चित गायक तथा संगीतकार भीषण मुकारुङ र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ ।
दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी हुन् । सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरुको गीतमा कभर भर्सनमा रेकर्ड गराएपनि यो आफ्नै पहिलो गीत हो। गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
बाबु र छोरी बीचको माया ममता र सम्बन्धमा आधारित गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बु (सुमित्रा प्रवृत्ति)ले लेखेकी हुन् । लामो समयपछि उनले आफ्नै श्रीमान र छोरीका लागि गीत लेखेकी हुन् । भीषण आफैंले संगीत गरेको गीतको रेकर्डिङ उनैले सञ्चालन गरेको पृथक रेकड्समा गरिएको हो । गीतलाई कुशल सिहले एरेञ्ज, दिल सार्कीले रेकर्डिङ तथा दीप घतानीले मास्टरिङ तथा मिक्सिङ गरेका हुन् । भिडियोको छायाँकन र सम्पादन मनोज राईले गरेका छन् ।
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...
दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...
ललितपुर, उपत्यका ब्यूराे । ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने १३ सदस्यीय समिति निर्वाचित भएका...