भीषण र छाेरी अभियन्ताकाे स्वरमा ‘ए छाेरी, ए बाबा’ सार्वजनिक

,   लिम्बुवान न्युज
                       

चर्चित गायक तथा संगीतकार भीषण मुकारुङ र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ ।

दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी हुन् । सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरुको गीतमा कभर भर्सनमा रेकर्ड गराएपनि यो आफ्नै पहिलो गीत हो। गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

बाबु र छोरी बीचको माया ममता र सम्बन्धमा आधारित गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बु (सुमित्रा प्रवृत्ति)ले लेखेकी हुन् ।  लामो समयपछि उनले आफ्नै श्रीमान र छोरीका लागि गीत लेखेकी हुन् । भीषण आफैंले संगीत गरेको गीतको रेकर्डिङ उनैले सञ्चालन गरेको पृथक रेकड्समा गरिएको हो । गीतलाई कुशल सिहले एरेञ्ज, दिल सार्कीले रेकर्डिङ तथा दीप घतानीले मास्टरिङ तथा मिक्सिङ गरेका हुन् । भिडियोको छायाँकन र सम्पादन मनोज राईले गरेका छन् ।

भिडियाे तल हेर्नुहाेस्

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;