लिम्बु कथानक चलचित्र ‘जारी’ले आज मनाउँदै ५१औं दिन

 लिम्बुवान न्युज
                       

जारीले कमाइ करिब १७ कराेड ग्रस कलेक्सन

दमक, २० जेष्ठ । दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आज (शनिबार) प्रदर्शनको ५१औं दिन पूरा गर्दैछ । नयाँ बर्ष वैशाख १ गते देखि प्रदर्शनभएको जारी २०८० सालमा प्रदर्शनको ५१ औं दिन मनाउने यो पहिलो फिल्म हो ।
लिम्बु जातीमा रहेको जारी प्रथा र विवाह परम्परा कथामा आधारित यो चलचित्रले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाएको छ ।
चलचित्र विकास बोर्डका अनुसार फिल्मले पछिल्लो बुधबारसम्म १४ करोड २० लाख २२ हजार नेट (१६ करोड ७५ लाख ८५ हजार ९६० ग्रस) कमाइ गरेको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको यो फिल्मले नेपालसहित डायस्पोरा बजारमा समेत उछाल कमाइ गरेको छ । कति हलमा अझै बक्स अफिस सिस्टम जडान नभैसकेकाले बोर्डको तथ्यांकभन्दा फिल्मको कमाई १० प्रतिशत बढी हुनसक्ने देखिन्छ । यसरी हेर्दा फिल्मले घरेलू बक्स अफिसमा साढे १७ करोड नजिक कमाई गरेको हुनसक्छ ।

निर्माण कम्पनी बासुरी फिल्म्सले ५१औं दिने खुसीमा एक पोस्टरमार्फत् दर्शकलाई धन्यवाद ज्ञापन समेत व्यक्त गरेको छ ।
लेखक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको पहिलो चलचित्र जारीले विदेशी भूमिमा पनि जबर्जस्त कमाई गरेको छ । । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई निर्देशक सुब्बा स्वयंले लेखेका हुन् । डेब्यू फिल्मबाटै सुब्बाले निर्देशनमा सफलता र प्रशंसा दुवै पाएका छन् ।
जापान, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा फिल्मका प्रायः शो हाउसफुल भएका छन् । यसैगरी मिडिलइस्ट लगायत देशहरुमा पनि चलचित्रले राम्रो कमाई गरेको थियो ।
लिम्बु समुदायमा प्रचलित जारी प्रथाको पृष्ठभूमिमा चर्चित नायक दयाहाङ राई र मिरुना मगरको प्रेमकथा बुनिएको ‘जारी’मा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय रहेको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...