अब कोही नेपाली नागरिक भूमिहीन भएर बस्नु पर्दैन – मन्त्री श्रेष्ठ

 लिम्बुवान न्युज
                       


दमक, २४ जेष्ठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छिन् ।

आज (बुधबार) इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा प्रदान गरिन् ।
दुई छुट्टाछुट्टै कार्यक्रममा इलामको चुलाचुली गाउँपालिकाका २५ परिवार र झापाको कन्काई नगरपालिकाका–२९ जनाले पुर्जा पाएका हुन् ।

मन्त्री श्रेष्ठले लामो समयदेखि सुकुम्वासी भएर बसेकाहरुलाई आफु मन्त्री बनेपछि प्राविधिक काम सकेर पहिलोपटक भूमिहिनहरुलाई पुर्जा बितरण सुरु गरेको बताउँदै अब देशभर यो अभियान सुरु गर्ने उनले बताइन् ।

‘यो देशमा हजारौं भूमिहीन, दलित तथा सुकुम्वासीहरु हुनुहुन्छ, उहाँहरुको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरुलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनहरुलाई जमिन उपलब्ध गराउनका निम्ति स्पिडमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिंदैछ । आजदेखि औपचारिक रुपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गर्यौं, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ ।’

भूमिहीन दलित सुकुम्वासीहरुलाई भूमिमाथिको पहुँच पु¥याउने उद्देश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको मन्त्री श्रेष्ठले बताइन् । इलामको चुलाचुली गाउँपालिका र झापाको कन्काई नगरपालिकाले छुट्टाछुट्टै कार्यक्रम गरि भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नहेन्द्रं खड्का, स्थानीय तहका प्रमुखहरु र राजनैतिक दलका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...