बाँकी जिन्दगी पहिचान प्राप्तिको लागि समर्पित गर्नेछुः सरक्षक रेशम चौधरी

 लिम्बुवान न्युज
                       


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मेरो गर्जाईबाट माइक्रोफोन बन्द हुन्छ भने तपाईं हामी सबै पहिचानबादीहरुको हुंकारबाट सिंहदरबार र नस्लबादीहरुलाई हल्लाउन बेर नलाग्ने बताएका छन् । परासीमा भएको स्वागत कार्यक्रममा बोल्दै पार्टीका संरक्षक पुर्व सांसद चौधरीले यसाे बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै चौधरीले अबको बाँकी जिन्दगी सम्पूर्ण पहिचानबादीहरुलाई एक बनाउदै जनताको हितको लागि सर्मपित गर्ने उद्घोष गरेका छन् ।

२०७२ सालमा घटेको टिकापुर घटनामा १ नाबालक र ८ प्रहरी मारिएको आरोपमा जन्मकैदको साजाय काटिरहेका चौधरी ८ वर्ष पछि गणतन्त्र दिवसको अवसरमा यहि जेष्ठ १५ गते सरकारले आममाफि दिएपछि उनी जेल मुक्त भएका हुन । उनी जेल मुक्ति भएपछि आज बुधबार पश्चिम नवलपरासी जिल्ला पार्टीका कार्यकर्ताहरुले भव्य स्वागत गरिरहेका छन् ।

 

पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, केन्द्रिय सदस्यहरु लक्ष्मण थारु, बसन्त हमाल, गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ्, लुम्बिनी प्रदेश सदस्य बसन्ती नेपाली लगायत नेताहरुले उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको अवसरमा ५० भन्दा धेरैले विभिन्न पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य महेन्द्र प्रसाद चौधरीले बताए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;