ललितपुरमा लिम्बु चलचित्र ‘के २’ को छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       


ललितपुर, २६ जेष्ठ । याक्थुङ् लिम्बुहरुको कथा बोकेको चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौ र ललितपुरको विभिन्न स्थानमा चलचित्र छायांकन भएको हो ।

याक्थुङ फिल्मसले यसअघि चलचित्र ‘के’ निर्माण गरेको थियो । उक्त चलचित्रले राष्ट्रिय अन्तराष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि त्यसको सिक्वेल ‘के२’ निर्माण गरिएको याक्थुङ फिल्मस्ले जनाएको छ ।

सागर केरुङको लेखन/निर्देशन रहेको चलचित्र के२मा निर्माता सबु लिम्बू थाम्सुहाङ, छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशन अमर तुम्बापो, शृङ्गार अमृता जबेगु रहेका छन् भने यासेली योङ्हाङ, बिमला खजुम, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले अभिनय गरेका छन् ।

चलचित्र ‘के’मा याक्थुङ लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले चलाउन नपाएको बिषय उठान गरेको छ भने के २ मा काठमाडौमा के(च्याब्रुङ)को अवस्था के कस्तो छ भन्ने बिषयको मौलिक कथा उत्कृष्ट रुपमा पस्किने कोशिस गरेको निर्देशक केरुङ्ले बताए ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...