ललितपुरमा लिम्बु चलचित्र ‘के २’ को छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       


ललितपुर, २६ जेष्ठ । याक्थुङ् लिम्बुहरुको कथा बोकेको चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौ र ललितपुरको विभिन्न स्थानमा चलचित्र छायांकन भएको हो ।

याक्थुङ फिल्मसले यसअघि चलचित्र ‘के’ निर्माण गरेको थियो । उक्त चलचित्रले राष्ट्रिय अन्तराष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि त्यसको सिक्वेल ‘के२’ निर्माण गरिएको याक्थुङ फिल्मस्ले जनाएको छ ।

सागर केरुङको लेखन/निर्देशन रहेको चलचित्र के२मा निर्माता सबु लिम्बू थाम्सुहाङ, छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशन अमर तुम्बापो, शृङ्गार अमृता जबेगु रहेका छन् भने यासेली योङ्हाङ, बिमला खजुम, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले अभिनय गरेका छन् ।

चलचित्र ‘के’मा याक्थुङ लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले चलाउन नपाएको बिषय उठान गरेको छ भने के २ मा काठमाडौमा के(च्याब्रुङ)को अवस्था के कस्तो छ भन्ने बिषयको मौलिक कथा उत्कृष्ट रुपमा पस्किने कोशिस गरेको निर्देशक केरुङ्ले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;