रेशम चौधरी विर्तामोड आउँदैः झापा, मोरङ्, सुनसरी र उदयपुरमा सम्मान गरिने

 लिम्बुवान न्युज
                       


दमक, १ असार । पूर्व माननीय रेशम चौधरी असार ५ गते विर्तामोड आउने भएका छन् । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का संरक्षक समेत रहेका चौधरी पार्टीले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा आउन लागेका हुन् ।

पार्टीको प्रदेश नं. १ समितिले झापाको विर्तामोडस्थित सिटी सेन्टरमा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम हुने केन्द्रीय सदस्य तथा कोशी नाम खारेजी आन्दोलन परिचालन समिति प्रदेश नं. १ का संयोजक धनवहादुर पन्धाक सुब्बाले बताए ।

कार्यक्रममा संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङ्, उपाध्यक्षहरु, माननीय लगायत नेताहरुको समेत सहभागिता रहने जनाइएको छ ।

टिकापुर घटनाको मुख्य अभियुक्त बनाई लामो समयदेखि राजबन्दी रहेका चौधरीलाई सरकार तथा मन्त्रीपरिषदको निर्णयमा गत जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफि पाएर छुटेका हुन् ।

सुदुर पश्चिम, लुम्बिनी र मधेश प्रदेशको विभिन्न जिल्लाहरु, पालिकाहरुले आयोजना गरेको कार्यक्रममा सरिक भईरहेका चौधरी प्रदेश १ मा भने असार ५ गते विर्तामोडसँगै मोरङ्को ग्रामथान त्यसैगरी ६ गते सुनसरीको झुम्का र उदयपुरको गाइघाटमा कार्यकर्ताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने प्रदेश १ समितिले निर्णय गरेको हो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...