रेशम चौधरी विर्तामोड आउँदैः झापा, मोरङ्, सुनसरी र उदयपुरमा सम्मान गरिने

,   लिम्बुवान न्युज
                       


दमक, १ असार । पूर्व माननीय रेशम चौधरी असार ५ गते विर्तामोड आउने भएका छन् । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का संरक्षक समेत रहेका चौधरी पार्टीले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा आउन लागेका हुन् ।

पार्टीको प्रदेश नं. १ समितिले झापाको विर्तामोडस्थित सिटी सेन्टरमा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम हुने केन्द्रीय सदस्य तथा कोशी नाम खारेजी आन्दोलन परिचालन समिति प्रदेश नं. १ का संयोजक धनवहादुर पन्धाक सुब्बाले बताए ।

कार्यक्रममा संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङ्, उपाध्यक्षहरु, माननीय लगायत नेताहरुको समेत सहभागिता रहने जनाइएको छ ।

टिकापुर घटनाको मुख्य अभियुक्त बनाई लामो समयदेखि राजबन्दी रहेका चौधरीलाई सरकार तथा मन्त्रीपरिषदको निर्णयमा गत जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफि पाएर छुटेका हुन् ।

सुदुर पश्चिम, लुम्बिनी र मधेश प्रदेशको विभिन्न जिल्लाहरु, पालिकाहरुले आयोजना गरेको कार्यक्रममा सरिक भईरहेका चौधरी प्रदेश १ मा भने असार ५ गते विर्तामोडसँगै मोरङ्को ग्रामथान त्यसैगरी ६ गते सुनसरीको झुम्का र उदयपुरको गाइघाटमा कार्यकर्ताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने प्रदेश १ समितिले निर्णय गरेको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;