पहिचानवादी आन्दोलनको बैंक खाता प्रहरीले रोक्यो

 लिम्बुवान न्युज
                       

दमक, ११ असार । प्रदेश नं. १ काे नाम कोशी खारेजी आन्दोलनको लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकमा खोलिएको खाता प्रहरीले रोक्का गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले पत्र काट्दै बैंक खाता रोक्का गरिएको कुरा बाहिरीएको छ ।  पत्रमा कोशी प्रदेश नामाङ्करणको विषयलाई लिई भई रहेको आन्दोलनमा सहयोग गर्नको लागी भनी ग्लोबल आई. एम. ई. आई. बैंक लि शाखा कार्यालय गठ्ठाघर भक्तपुरकोमा २५५०७०१००२१८७२ को खाता खोलेको भन्ने बुझिन आएकोले उक्त खाता अनुसन्धानको सिलसिलामा रोक्का राखिदिने व्यवस्था गरिदिनहुन अनुरोध गरिएको छ ।”

प्रहरीले ग्लोबल आइएमइ बैंक शाखा कार्यालय भक्तपुरलाई रोक्काको पत्र काट्दै लेखेपछि प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले त्यसकाे विराेध जनाएकाे विभिन्न सामाजिक संजालहरूमा अभिव्यक्तिहरू दिइ रहेका छन् । राज्यले पहिचानवादीहरूलाइ अातङ्कित पार्ने काम बन्द गर्नु पर्छ नभए अरू थप कडा अान्दाेलन हुन सक्ने प्रमुख नेतृत्वकर्ताहरूले बताएका छन् । उनीहरूले खाता सुचारू गराउन गराउन समेत अनुराेध गरेका छन् ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...