पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भबनको शिलान्यास

,   लिम्बुवान न्युज
                       

  • राजकुमार तेयुङ तरेबा

तेह्रथुम, पाेक्लाबाङ/ तेह्रथुमको फेदाप गाँपालिका वाड नं. १ मा पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भबनको बिभिन्न सास्कृतिक कार्यक्रमका साथ तिन तले छधुरे छ कोठे भवनको शिलान्यास गरिएको छ ।

पोक्लाबाङ यक माङ्गेन्ना लुङधुङ थामरुङको आयोजनामा पूर्ब शहरी बिकास मन्त्री तथा माननीय सांम्सद सीता गुरुङले शिल्यानास गर्नुभएको थियो ।

ऐतिहासिक तथा पुराना सामाग्रीहरुको संकलन गर्ने, साँस्कृतिक रूपमा रहेका पुराना गर गहनाहरु संरक्षण गरेर राख्ने, पुराना ऐतिहासिक कागजातहरु संकलन गरेर सुरक्षित गर्ने लिम्बुवान र गोर्खा युद्धकालिन हात हतियारहरुको संकलन गर्ने उद्देश्यले उक्त संग्राहलयको बन्न लागेको सयङ समितीका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताउनु भयो ।

पुर्व शहरी बिकास मन्त्रालयबाट आर्थिक बर्ष २०८०/०८१ को योजनाबाट रु ४ करोड बजेटको २४ प्रतिशत बिलोमा काठमाण्डौमा रहेको मारुती बिल्डर्सले ठेक्का पारी सम्झौता गरेको छ ।

शिल्यानास कार्यक्रममा पूर्ब शहरी बिकास मन्त्री तथा सांम्सद कार्यक्रमका प्रमुख अथिति सीता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख गुमानसिं इस्बाे, लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङ, फेदाप गाउपालिकाको उपाध्यक्ष सुनिता पाहिम, जग्गा दाता उत्तमसिं थाङदेन, पोक्लाबाङ सावायेत्हाङको तर्फबाट गोविन्द आङबुङ र अठार थरी सयङको तर्फबाट याम पंयाङगुले आफ्नो मन्तब्य राख्नुभएको थियो ।

छ धुरे घर मुनी हल र माथिबाट संग्राहलय जहाँ बिभिन्न भेषभुषा भाषा संस्कृति झल्किने सामाग्रीहरु राखिने समितिले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;