प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा ११ बुँदे निर्णय सार्वजनिकः मंसिर २ गते विराटनगरमा विशाल जनप्रदर्शन

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ, फुङ्लिङ्, २ असार । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । ताप्लेजुङको फुङलिङ बजार स्थित स्नो लियोपार्ड होटलमा बसेको दुई दिने बैठकको अन्तिम दिन आज (आइतबार) पत्रकार सम्मेलन मार्फत ११ बुँदे निर्णय सार्वजनिक गरेको हो ।

संयुक्त संघर्ष समितिको समन्वय घटक किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष तथा समितिका संयोजक प्रेम येक्तेनको अध्यक्षतामा बसेको बैठकमा समितिमा आबद्ध ४१ भन्दा धेरै घटक तथा पहिचान पक्षधर प्रमुख नेतृत्वहरुको उपस्थिति रहेको थियो ।

संघर्ष समितिले गत इलाम उपनिर्वाचनको समिक्षा, आर्थिक योजना लगायत विविध विषयमा छलफल गर्दै वैठक सम्पन्न पश्चात प्रेसविज्ञप्ति जारी गर्दै नयाँ चरणको आन्दोलन घोषणा गरेको हो ।

संघर्ष समितिले मंसिर २ गते प्रदेश १ को राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने विज्ञप्तिको पहिलो बुँदामा उल्लेख गरेको छ । यसैगरी समितिले समानान्तर सत्ताको अभ्यास गर्ने । कोशी नामको पक्षमा मतदान गर्ने ८२ प्रदेश सदस्य र साम्प्रदायिक गाली गर्ने एकालेका तीन नेताहरुलाई प्रदेश १ को कुनै पनि सार्वजनिक कार्यक्रममा निमन्त्रणा नगर्न सबैपक्षसँग आनुरोध गर्ने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा पहिचान मुद्दालाई स्थानीय तहसम्म लैजान प्रदेश व्यापी प्रशिक्षण, संगठन विस्तार अभियान असार १५ गते देखि कार्तिक १५ गतेसम्म सञ्चालन गर्दै निर्णायक आन्दोलन गर्ने निर्णय गरिएको छ । इलाम दुईको उपचुनावबाट एकल जातिवादी सत्तालाई चुनौती दिएको र पहिचानको मुद्दालाई प्रतिपक्षीय विचार स्थापित गरेको मतपरिणामलाई सकारात्मक समीक्षा गरेको छ ।

यसैगरी ताप्लेजुङको पवित्रस्थल मुकुमलुङ माथि भएको सांस्कृतिक अतिक्रमण र केबलकार निर्माण खारेजीको लागि पहल संघर्षरत मुक्कुमलुङ ताःङसेप र फाःसिङ चुम्भोसँगै, प्रदेश नं. १ पुनः नामाङ्कन संघर्ष समितिले संयुक्तरुपमा संघर्ष गर्ने निर्णय गरेको छ ।

यस्तै तेस्रो जनआन्दोलन र पहिचान मुद्दालाई शसक्त बनाउन प्रदेश १ मा रहेका सबै समुदाय, मुद्दा मिल्निे दल र संघसंगठनहरुसँग समन्वय गरेर आन्दोलनमार्फत पहिचान स्थापित गर्न एक कार्यदल बनाई पहल शुरु गर्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश सरकारसँग विगतमा भएको वार्ता अनुसार इलाम कारागारमा जेलजिवन विताईरहेका हस्त बहादुर लिम्बु (आसिस साम्बा)लाई रिहाईको लागि निरन्तर पहल गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

कियाचु अध्यक्ष येक्तेन, नेपाल आदिवासी अध्यक्ष ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश नं. १ अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै कोशी नाम खारेजी आन्दोलनलाई नयाँ चरणमा सुरु भएको संयुक्त संघर्ष समितिले घोषणा गरेको छ ।

सार्वजनिक ११ बुँदे निर्णयहरुः

तस्वीरः सामाजिक संजालबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;