
ललितपुर, ५ असार । याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित् चुम्लुङहिममा सम्पन्न भएको छ । मंगलबार र बुधबार (आज) दुई दिन संचालन भएको कार्यक्रमले सागर केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला र प्रदेशहरुद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदनहरु, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र अध्यक्षद्वारा प्रस्तुत संस्थागत प्रतिवेदनहरुमाथि छलफल गरि १३ बुँदे प्रस्ताव सार्वजनिक गर्दै महाधिवेशन सम्पन्न भएको नव निर्वाचित अध्यक्ष केरुङले लिम्बुवान खबरलाई बताए ।
नव निर्वाचित कार्य समितिमा उपाध्यक्षहरुमा बबिता फोम्बो र पूर्ण सेलिङ्, महासचिव रुपा आङ्ङबुहाङ्, सचिवहरुमा दिनेश माङमु, लोकेन साँवा र कोषाध्यक्षमा हाङ चेम्जोङ् निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा क्रमशः दिनेश लिङ्देन्, रुद्र पाहिम, मोनी ताम्लिङ, लक्ष्मी योङ्हाङ्, नरेश वने, सन्देश सुब्बा, मनु थक्लुङ, शैलेन्द्र थेबे, तुलसा लिम्बु, पर्शु थलङ्, बिपना आङ्बुहाङ्, अमर तुम्बापो, कृष्ण थलङ् र याम नेयोङ् रहेका छन् ।
यसैगरी निवर्तमान अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, सल्लाहकारहरुमा नविन सुब्बा, किशोर सुब्बा, प्रेम सुब्बा, मौसम इम्बुङ्, सागर सुब्बा, यासेली योङ्हाङ् र सृजना सुब्बा चयन भएका छन् ।
महाधिवेशनले लिम्बु चलचित्रहरुको सेन्सर प्रक्रियामा याक्थुङ मुन्चइत् चोक सयङ्लाइ अनिवार्य सहभागी गर्न, गराउन चलचित्र विकास बोर्डसंग समन्वय गर्ने । लिम्बु चलचित्रलाइ सेन्सर गर्ने प्रक्रियामा बोर्डका सदस्यहरुलाई दिइने तलब भत्ता तथा विविध पक्षहरु सरकारलेनै व्यवस्थापन गर्न, गराउन माग गर्ने उल्लेख गरेका छन् ।
‘याक्थुङ स्टोरी बैंक’लाइ व्यवस्थित गर्न, अन्तराष्ट्रिय कथा प्रतियोगितालाइ निरन्तरता दिने र बैंकमा भएका कथाहरुलाई चलचित्र निर्माण गर्ने । कक्षा ८ देखि १२ सम्मका याक्थुङ बिधार्थीहरुलाई ‘लिम्बु चलचित्र शिक्षा’बारे प्रशिक्षित गर्ने र अभियान संचालन गर्ने जनाएका छन् ।
याक्थुङ चलचित्रकर्मीहरुको संरक्षण, सम्बर्द्धन र विकासको लागि ‘याक्थुङ मुन्चइत् सयङ् कोष’ स्थापना गर्ने । ‘याक्थुङ स्टोरी सेन्सर बोर्ड’को कार्यविधि निर्माण गरि सिफारिस प्रक्रियालाई व्यवस्थित गर्ने । राष्ट्रियरअन्तराष्ट्रियस्तरको चलचित्र महोत्सवहरु आयोजना गर्ने वताएका छन् ।
यसैगरी लिम्बु चलचित्र बजार व्यवस्थापनको लागि ताप्लेजुङ, पान्थर, तेह्रथुम, धनकुटा, संखुवासभा लगायत क्षेत्रहरुमा ‘घुम्ती चलचित्र घर’ निर्माणको अभियान संचालन गर्ने । विभिन्न विधालयमा अध्ययनरअध्यापन हुने लिम्बु भाषाका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुमा लिम्बु चलचित्रको बिषयलाई समेट्न पाठ्यक्रम निर्माण समितिसंग समन्वय गर्ने निर्णय गरेकाे छ ।
यस्तै लिम्बु चलचित्र निर्माणलाइ विश्वबजारसम्म पुर्याउन राष्टिय÷अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुद्वारा ‘चलचिक्र निर्माण’ सम्बन्धि तालिम संचालन गरि दक्ष जनशत्ति निर्माण गर्ने । लिम्बु चलचित्र अवार्ड आयोजना गर्ने । प्रवासमा रहेर काम गरिरहेका डायस्पोरिक लिम्बू कलाकारहरुलाइ समन्वय गरि अन्तर्राष्ट्रियस्तरमा गठन गरि सम्बन्धनको ब्यवस्था गरिने वताइएकाे छ ।
त्यसैगरी याक्थुङ मुन्चइत चोक सयङको वेबसाइट निर्माण गरि सम्पूर्ण गतिविधिहरु निरन्तर सार्वजानिक गर्ने प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको केरुङले बताए ।

Related