याक्थुङ मुन्चइत् चोक सयङको अध्यक्षमा सागर केरुङ् निर्वाचितः १३ बुँदे प्रस्ताव सार्वजनिक

 लिम्बुवान न्युज
                       


ललितपुर, ५ असार । याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित् चुम्लुङहिममा सम्पन्न भएको छ । मंगलबार र बुधबार (आज) दुई दिन संचालन भएको कार्यक्रमले सागर केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला र प्रदेशहरुद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदनहरु, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र अध्यक्षद्वारा प्रस्तुत संस्थागत प्रतिवेदनहरुमाथि छलफल गरि १३ बुँदे प्रस्ताव सार्वजनिक गर्दै महाधिवेशन सम्पन्न भएको नव निर्वाचित अध्यक्ष केरुङले लिम्बुवान खबरलाई बताए ।

नव निर्वाचित कार्य समितिमा उपाध्यक्षहरुमा बबिता फोम्बो र पूर्ण सेलिङ्, महासचिव रुपा आङ्ङबुहाङ्, सचिवहरुमा दिनेश माङमु, लोकेन साँवा र कोषाध्यक्षमा हाङ चेम्जोङ् निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः दिनेश लिङ्देन्, रुद्र पाहिम, मोनी ताम्लिङ, लक्ष्मी योङ्हाङ्, नरेश वने, सन्देश सुब्बा, मनु थक्लुङ, शैलेन्द्र थेबे, तुलसा लिम्बु, पर्शु थलङ्, बिपना आङ्बुहाङ्, अमर तुम्बापो, कृष्ण थलङ् र याम नेयोङ् रहेका छन् ।
यसैगरी निवर्तमान अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, सल्लाहकारहरुमा नविन सुब्बा, किशोर सुब्बा, प्रेम सुब्बा, मौसम इम्बुङ्, सागर सुब्बा, यासेली योङ्हाङ् र सृजना सुब्बा चयन भएका छन् ।

महाधिवेशनले लिम्बु चलचित्रहरुको सेन्सर प्रक्रियामा याक्थुङ मुन्चइत् चोक सयङ्लाइ अनिवार्य सहभागी गर्न, गराउन चलचित्र विकास बोर्डसंग समन्वय गर्ने । लिम्बु चलचित्रलाइ सेन्सर गर्ने प्रक्रियामा बोर्डका सदस्यहरुलाई दिइने तलब भत्ता तथा विविध पक्षहरु सरकारलेनै व्यवस्थापन गर्न, गराउन माग गर्ने उल्लेख गरेका छन् ।

‘याक्थुङ स्टोरी बैंक’लाइ व्यवस्थित गर्न, अन्तराष्ट्रिय कथा प्रतियोगितालाइ निरन्तरता दिने र बैंकमा भएका कथाहरुलाई चलचित्र निर्माण गर्ने । कक्षा ८ देखि १२ सम्मका याक्थुङ बिधार्थीहरुलाई ‘लिम्बु चलचित्र शिक्षा’बारे प्रशिक्षित गर्ने र अभियान संचालन गर्ने जनाएका छन् ।

याक्थुङ चलचित्रकर्मीहरुको संरक्षण, सम्बर्द्धन र विकासको लागि ‘याक्थुङ मुन्चइत् सयङ् कोष’ स्थापना गर्ने । ‘याक्थुङ स्टोरी सेन्सर बोर्ड’को कार्यविधि निर्माण गरि सिफारिस प्रक्रियालाई व्यवस्थित गर्ने । राष्ट्रियरअन्तराष्ट्रियस्तरको चलचित्र महोत्सवहरु आयोजना गर्ने वताएका छन् ।

यसैगरी लिम्बु चलचित्र बजार व्यवस्थापनको लागि ताप्लेजुङ, पान्थर, तेह्रथुम, धनकुटा, संखुवासभा लगायत क्षेत्रहरुमा ‘घुम्ती चलचित्र घर’ निर्माणको अभियान संचालन गर्ने । विभिन्न विधालयमा अध्ययनरअध्यापन हुने लिम्बु भाषाका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुमा लिम्बु चलचित्रको बिषयलाई समेट्न पाठ्यक्रम निर्माण समितिसंग समन्वय गर्ने  निर्णय गरेकाे छ ।

यस्तै लिम्बु चलचित्र निर्माणलाइ विश्वबजारसम्म पुर्याउन राष्टिय÷अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुद्वारा ‘चलचिक्र निर्माण’ सम्बन्धि तालिम संचालन गरि दक्ष जनशत्ति निर्माण गर्ने । लिम्बु चलचित्र अवार्ड आयोजना गर्ने । प्रवासमा रहेर काम गरिरहेका डायस्पोरिक लिम्बू कलाकारहरुलाइ समन्वय गरि अन्तर्राष्ट्रियस्तरमा गठन गरि सम्बन्धनको ब्यवस्था गरिने वताइएकाे छ ।

त्यसैगरी याक्थुङ मुन्चइत चोक सयङको वेबसाइट निर्माण गरि सम्पूर्ण गतिविधिहरु निरन्तर सार्वजानिक गर्ने प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको केरुङले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...