दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक, ९ असार । झापाको दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम  सम्पन्न भएको छ ।

पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम (आज) आइतबार सकिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रवक्ता एवम् दमक वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) ले मोबाइल जर्नालिजम समय, युग, प्रविधि, उपयोगिता सबै हिसाबले प्रभावकारी तालिम भएको बताए । ‘तालिम सम्पन्न गर्न माङसेबुङ गाउँपालिकाले लगानी गरेको छ । राज्यको तर्फबाट तपाईंमाथि केही न केही लगानी भएको छ । त्यसैले तपाईंले तालिममा सिकेका कुरा दैनिक जीवनमा उपयोग गर्न सक्नुहोला’, प्रवक्ता दाहालले भने ।

तीन दिने तालिममा माङसेबुङका विभिन्न वडाबाट १७ सहित ३० जना सहभागी थिए ।

सहभागीतर्फबाट प्रीति मगर र कमल कटुवालले तएएन दिने तालिममा मोबाइलमार्फत समाचार लेखन, आवाज र दृश्य रेकर्डिङ, सम्पादन कला सिक्न पाएको भन्दै यसले आफूहरुको दैनिक जीवनमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए । उनीहरु दुवै जनाले तालिमको लागि सहयोग गर्ने माङसेबुङ गाउँपालिका र आयोजक पत्रकार मञ्च दमकलाई धन्यवाद दिएका थिए ।


पत्रकार मञ्च दमकको सभाहलमा आयोजित तालिममा सहजकर्ताहरु भीषण राई, कमन देवान, बिष्णु पोखरेल र चिरञ्जीवी घिमिरेले सहजीकरण गरेका थिए । तालिमको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका थिए भने पालिका उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष नवीन योङहाङ, होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन दङ्गाल, मञ्चका पूर्व अध्यक्षद्वय बिष्णु पोखरेल र मनकुमार गदालको सहभागिता थियो ।

समापन कार्यक्रममा सहजकर्ताहरुलाई धन्यवाद पत्रले सम्मान गरिएको थियो भने प्रमुख अतिथि दाहालसहित लिम्बू मातृभाषा पत्रकारितामा दुई दशक बढी समयदेखि कृयाशील सेसेमी सेरेङ नाल्बोलाई मायाको चिनो प्रदान गरिएको थियो । मञ्चका सचिव उमानाथ भण्डारीको सञ्चालन रहेको समापन कार्यक्रम मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्वीरः हरप्रहरबाट

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;